ललितपुर । ललितपुरको म्याजेस्टिक ग्रान्डमा तेस्रो संस्करणको हिमालयन ट्याटु समिट जारी छ । आइतबारसम्म सञ्चालन हुने समिटमा ट्याटु कला, संस्कृति र संगीतलाई समेटिएको छ ।
समिटमा नेपाल र भारतका एक सयभन्दा बढी ट्याटु कलाकार सहभागी छन् । ट्याटु कलाकार, ट्याटु स्टुडियो तथा यस क्षेत्रमा रुचि राख्नेहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
समिटमा विभिन्न ट्याटु कलाकारले आफ्नो कला प्रस्तुत गर्नुका साथै ट्याटु संस्कृतिसँग सम्बन्धित गतिविधि सञ्चालन भइरहेका छन् । ट्याटु कलालाई कला र संस्कृतिको माध्यमका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समिट आयोजना गरिएको हो ।
समिटमा ट्याटु कलासँगै संगीतसम्बन्धी कार्यक्रमसमेत समेटिएको छ । सहभागी कलाकार तथा ट्याटु प्रेमीहरूबीच अनुभव आदानप्रदान र कलासम्बन्धी छलफलसमेत भइरहेको छ ।













भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा