काठमाडौं । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी जारी छ । असोज ९ गतेदेखि सुरु भएको प्रदर्शनीमा करिब दुई दर्जन निजी प्रकाशन गृहसँगै विभिन्न सरकारी तथा प्राज्ञिक संस्थाका पुस्तक राखिएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका अनुसार यस वर्ष निजी क्षेत्रका प्रकाशन गृहलाई समेत सहभागी गराएर पहिलोपटक बृहत् पुस्तक प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीमा साझा प्रकाशनलगायत सरकारी प्रकाशनका पुस्तकका साथै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय अभिलेखालयलगायत संस्थाका प्रकाशन राखिएका छन् ।
नेपाली भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्य तथा ज्ञान–विज्ञानसँग सम्बन्धित पुस्तकलाई प्रदर्शनीमा प्राथमिकता दिइएको छ ।
प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठानका प्रकाशनमा ४० प्रतिशतसम्म तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रकाशनमा ५० प्रतिशतसम्म छुटमा पुस्तक बिक्री भइरहेको छ ।
पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रदर्शनीमा सहभागी प्रकाशन गृह तथा संस्थालाई निर्धारित मापदण्ड र उपलब्धताका आधारमा निःशुल्क कक्ष उपलब्ध गराइएको छ । कक्ष व्यवस्थापन, पुस्तक प्रदर्शन तथा बिक्री–वितरण, सरसफाइ र सुरक्षाको जिम्मेवारी भने सम्बन्धित प्रकाशन गृह तथा संस्थाले नै लिएका छन् ।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको