काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गर्ने भएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले शुक्रबार महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।
उहाँका अनुसार सभापति गगन थापाको नेतृत्वलाई अहिलेसम्म कसैले चुनौती दिएको छैन । सकभर सहमतिमै नेतृत्व चयन गर्ने र सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने उहाँले बताउनुभयो ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । कांग्रेसले असोज १८ गते दिउँसो २ बजे महाधिवेशन उद्घाटन गर्ने आधिकारिक रूपमा जनाएको छ ।
महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव तथा महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।
चालिसेले महाधिवेशनलाई व्यक्तिभन्दा नीति र विचारको बहस केन्द्रित बनाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले महाधिवेशनलाई ‘नेता चयनभन्दा नीति चयनको अधिवेशन’ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि पार्टीले व्यवस्थापन गरेका सुविधाबारे जानकारी दिँदै उहाँले प्रत्येक प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ बुझाएपछि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट झोला उपलब्ध गराइने बताउनुभयो ।
महाधिवेशन उद्घाटनका लागि पूर्वसभापति शेरबहादुर देउवालाई निमन्त्रणा गर्ने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो । देउवाले उद्घाटन गर्ने विषयमा प्रयास भइरहेको भए पनि कांग्रेसमा महाधिवेशन उद्घाटन सभापतिले नै गर्ने परम्परा रहेको उहाँले बताउनुभयो । देउवाले उद्घाटन गरेर उत्साह र एकताको सन्देश दिने विश्वास रहेको चालिसेको भनाइ छ ।
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार