काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा परीक्षा र प्रमाणपत्रमा मात्र सीमित नभई व्यक्तिमा ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोध विकास गर्ने माध्यम बन्नुपर्ने बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउनुपर्ने बताउनुभयो ।
“शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन,” उहाँले भन्नुभयो, “शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो ।”
नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश भएको उल्लेख गर्दै उहाँले शिक्षाले देशको विविधतालाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने बताउनुभयो ।
“हामीले दिने शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्दछ,” राष्ट्रपति पौडेलले भन्नुभयो ।
समय परिवर्तनशील रहे पनि परिवर्तनसँगै आधारभूत मानवीय मूल्य अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ छ ।
सूचना प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा कस्तो राष्ट्र निर्माण गर्ने र भविष्यका लागि कस्तो जनशक्ति आवश्यक पर्ने भन्ने प्रश्नको उत्तर शैक्षिक प्रणालीबाट खोजिनुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।
यसका लागि प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुसार पाठ्यक्रम निर्माण र पठनपाठनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।







कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार