भोजपुर । यात्रुहरूको सहजता, सुरक्षा तथा आवश्यक सूचना उपलब्ध गराउने उद्देश्यले भोजपुर नगरपालिका–६ देउराली चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरको सहकार्यमा शनिबार स्थापना गरिएको सहायता कक्षको प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले औपचारिक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो ।
यात्रु सहायता कक्षले यात्रालाई व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार कक्षमार्फत यात्रु तथा सर्वसाधारणलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराइनेछ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले सहायता कक्ष स्थापनापछि यात्रु तथा आम नागरिकलाई आवश्यक सूचना र सहयोग लिन सहज हुने बताउनुभयो ।
समृद्ध भोजपुर यातायात प्रालिका उपाध्यक्ष विमल रणपहेलीले सहायता कक्ष स्थापनाले सवारी चालक तथा यात्रुलाई थप सहजता हुने बताउनुभयो । उहाँले यात्रु सहायता कक्ष स्थापनाका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई धन्यवाद दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा यातायात व्यवसायी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाको उपस्थिति थियो ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी