काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद प्रक्रियामा हाल देखिएको प्राविधिक समस्या, साइबर सुरक्षा जोखिम तथा बोलपत्र (बिड) पेश गर्दा बेहोर्नुपरेको झन्झट समाधान गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयको ध्यानाकर्षण गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त (मुकेश) नेतृत्वको प्रतिनिधिमण्डलले उक्त कार्यालयका सचिव विश्वबाबु पुडासैनीसँग भेट गरी हालको हार्डकपी बोलपत्र दाखिलासम्बन्धी समस्या तथा विद्युतीय खरिद प्रणाली (ई-जिपी) को स्तरोन्नति र सञ्चालनका विषयमा छलफल गरेको हो ।
महासंघले विद्यमान प्रणालीमा देखिएका साइबर सुरक्षा जोखिम, डेटा सुरक्षा तथा प्रणालीगत सुरक्षाका विषयमा कार्यालयको ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीहरूलाई बोलपत्र पेश गर्न कुनै पनि प्राविधिक अवरोध नहुने वातावरण बनाउन तथा सार्वजनिक खरिद प्रक्रिया निरन्तर र सुरक्षित रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
त्यस्तै विद्युतीय प्रणालीमा समस्या उत्पन्न भएको अवस्थामा खरिद प्रक्रिया नै अवरुद्ध हुन नदिन महासंघले तत्कालका लागि वैकल्पिक व्यवस्था गर्न सुझाव दिएको छ । साथै, नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म हाल प्रकाशित भइसकेका बोलपत्रहरूको म्याद थप गर्नुपर्ने मागसमेत गरेको छ । नयाँ प्रणालीको आवश्यक कानुनी, प्राविधिक तथा साइबर सुरक्षा परीक्षण छिटो सम्पन्न गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन पनि महासंघले जोड दिएको छ । सो अवसरमा कार्यालयले विद्यमान प्रणालीलाई आवश्यक प्राविधिक तथा सुरक्षात्मक सुधारसहित ‘भर्सन-२’ का रूपमा स्तरोन्नति गरी नयाँ प्रणालीको विकास भइरहेको जानकारी दिएको थियो ।







काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण
कांग्रेस महाधिवेशन : बन्द सत्रमा
जनकपुरधाममा विजयादशमीको रौनक, शक्तिपीठहरूमा भव्य
अनरको ‘तीन चाडको बहार’ :
नेपाली कांग्रेसको १५औँ महाधिवेशन :