काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १४ वटा केन्द्रीय विभागका प्रमुख मनोनयन गरेको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले १४ विभागका प्रमुख तथा एउटा विभागमा उपप्रमुख र सदस्यसमेत मनोनयन गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
बैठकको निर्णयअनुसार प्रवास सम्पर्क विभागको प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागको प्रमुखमा मनोहर प्रधान, कानुनी, मामिला तथा संस्थागत अनुपालन विभागको प्रमुखमा मोहनलाल आचार्य र सुशासन तथा राज्य व्यवस्थापन विभागको प्रमुखमा सुदीप ढकाल मनोनित हुनुभएको छ ।
त्यस्तै, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागको प्रमुखमा सुलभ खरेल र सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशीता विभागको प्रमुखमा रुविना आचार्यलाई जिम्मेवारी दिइएको छ । सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा रिमा विश्वकर्मा चयन हुनुभएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी विभागको प्रमुखमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागको प्रमुखमा दीपकुमार साह तथा आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागको प्रमुखमा शर्मिला खनाल मनोनित हुनुभएको छ ।
यसैगरी, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा आनन्दबहादुर चन्द र वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागको प्रमुखमा धर्म केसीलाई जिम्मेवारी दिइएको छ ।
संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको प्रमुखमा डा. धनञ्जय रेग्मीलाई मनोनयन गरिएको छ । सोही विभागको सदस्यमा सम्राट बुढाथोकीलाई मनोनयन गरिएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।
त्यस्तै, अभियान तथा प्रचार–प्रसार विभागको उपप्रमुखमा डिल्लेश्वर कार्की (रोहन)लाई मनोनयन गरिएको छ ।
रास्वपाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै विषयगत रूपमा विभागहरूको भूमिका प्रभावकारी बनाउन केन्द्रीय विभागहरूलाई पूर्णता दिइएको जनाएको छ ।






भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो