अभावमा गाँस बास, पाउँछ कसरी,
बगेको तन फर्की अब, आउँछ कसरी ।
सबै जात भाषा धर्म, मिलेको थ्यो राम्रो,
प्रकोपमा उजाड भयो, बस्ती आज हाम्रो ।
खुसीको त्यो गीत मान्छे, गाउँछ कसरी,
बगेको तन फर्की अब, आउँछ कसरी ।।
अन्न फल्ने खेतबारी, बगर मात्र देख्छु,
त्यो खेतको मैले अब, कथा मात्र लेख्छु ।
मेलापात अब मान्छे, धाउँछ कसरी,
बगेको तन फर्की अब, आउँछ कसरी ।।
अभावमा गाँस बास, पाउँछ कसरी,
बगेको तन फर्की अब, आउँछ कसरी ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता