नेपाली हाम्रो वीरता राम्रो शान्तिको सन्देश
फैलाई हाम्रो गौरव गाथा बनाऔं स्वदेश ।
भाषा छ हाम्रो साहित्य राम्रो कलाले सिँगाछौं
आलस्य निद्रा हिनता सारा भगाइ बढ्दछौं ।।
हिमाल हाम्रो प्रकृति राम्रो सुन्दर विशाल
वेद र बुद्ध ऋषिको ज्ञान फैलाई असल ।
माटोको माया मनमा राखी मनमै धर्दछौं
प्राज्ञिक ज्ञान धारण गरी अगाडि बढ्दछौं ।।
समाज भित्र भएका सबै विकार विकृति
सभ्यता भित्र भएका सबै अशुभ आकृति ।
रश्मीले तेज फैलाए सरी फैलाई ज्ञानको
मानव देह सफल पार्न म पनि लागेको ।।
सबैले मिली काँधमा काँध अगाडि बढ्दछौं
जुटाई ज्ञान विज्ञान सार चाँदनी छर्दछौं ।
कर्मको पथ निर्माण गरी स्वदेश बस्दछौं
हातमा हात साथमा साथ मिलाई लाग्दछौं ।।
नेपाली हामी बनाऔं देश मिलेर हजार
सबैले चोखो श्रम र सिप लगाऔं सखार ।
सौरव प्रेम निर्माण गरी बनाऔं स्वदेश
मिलेर सार ज्ञानका पुञ्ज बनाऔं स्वेदश ।।
झ्याउरे लय (३+२+३+२+३+३)







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र