काठमाडौं । सफल उद्यमी तथा समाजसेवी खुमा प्रसाद अर्याल ले नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ ।
स्याङ्जा क्षेत्र नं २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका अर्यालले पार्टीभित्र आर्थिक व्यवस्थापन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अनुभवलाई नेतृत्व तहमा स्थापित गर्ने एजेण्डासहित उम्मेद्वारी घोषणा गर्नुभएकाे हाे । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका अर्याल युवावस्थादेखि नै नेपाली कांग्रेसको विचार र संगठन निर्माणमा पार्टीभित्र एक लगनशील र जिम्मेवार व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।
नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संविधानसभा सदस्य उम्मेदवार समेत बनेका अर्यालले नेपाली कांग्रेसको कार्यवाहक कोषाध्यक्षदेखि आर्थिक संयोजकसम्मको जिम्मेवारी सफलतापूर्वक जिम्मेवारी पुरा गर्नुभएकाे छ। पेशागत रूपमा अर्याल नेपालका वरिष्ठ चार्टर्ड एकाउन्टेन्टमध्ये एक हुनुहुन्छ । उहाँले स्थापना गरेको अर्याल एन्ड अर्याल चार्टर्ड एकाउन्टेन्ट्स मार्फत देशका ठूला उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूलाई व्यावसायिक सेवा प्रदान गर्दै आफ्नो व्यवसायिक यात्रा सुरु गर्नुभएकाे थियाे । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा विशेष रुचि राख्ने अर्यालले नेपालमै गुणस्तरीय मेडिकल शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न मेडिकल कलेजहरूमा महत्वपूर्ण लगानी गर्नुभएकाे छ ।
भैरहवा मेडिकल कलेज (यूसीएमएस), गण्डकी मेडिकल कलेज पोखरा, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज नेपालगञ्ज तथा सञ्जीवनी मेडिकल कलेज दाङलगायतका संस्थाहरूमा उनी प्रमुख लगानीकर्ताका रूपमा संलग्न रहनुभएकाे छ । मेडिकल शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै नेपाललाई मेडिकल शिक्षाको केन्द्र बनाउने उद्देश्य उनका लगानीको प्रमुख आधार रहेको बताइन्छ ।
यसैगरी कृषि क्षेत्रको आधुनिकीकरणमा पनि अर्यालको उल्लेखनीय योगदान रहेको छ । कृषि प्रधान देश नेपालमा परम्परागत र निर्वाहमुखी खेती प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रूपान्तरण गर्ने लक्ष्यका साथ उहाँले विभिन्न कृषि परियोजनामा लगानी गर्नुभएकाे छ । स्याङ्जामा आधुनिक पोल्ट्री फार्म स्थापना गर्नुभएकाे अर्यालले जनकपुरमा नेपालकै पहिलो अत्याधुनिक लेयर्स फार्म सञ्चालन गर्नुभएकाे छ, जसको क्षमता करिब ८ लाख ५० हजार कुखुरा रहेको बताइन्छ। साथै हेटौंडास्थित दाना उद्योगलगायत कृषि क्षेत्रका विभिन्न परियोजनामा उनको सक्रिय लगानी रहेको छ।
शिक्षा क्षेत्रमा पनि अन्तर्राष्ट्रिय स्तरको विद्यालय स्थापना गर्ने अभियानमा रहेका अर्यालले जलविद्युत् तथा अन्य उत्पादनमूलक क्षेत्रमा समेत लगानी विस्तार गर्नुभएकाे छ । विभिन्न क्षेत्रमा गरिएको लगानीमार्फत हालसम्म १० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै उहाँ सफल उद्यमी र रोजगारदाताका रूपमा स्थापित हुनुभएकाे छ । अर्यालले खुमा अर्याल फाउन्डेसन मार्फत उहाँले स्याङ्जासहित देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आउनुभएकाे छ ।







सङ्घीय संसद्का दुवै सदनको बैठक
कति छ आज विदेशी मुद्राको
बाजुराका आमाको व्यथा : बाटामै
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
देशभर मनसुनी वायुको प्रभाव, अधिकांश
भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण