काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह केही बेरमा सुरु हुँदैछ । उद्घाटन समारोह दिउँसो २ बजे सुरु हुने कांग्रेसले जनाएको छ ।
महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने हुनुभएको छ । एमालेका तर्फबाट शुभकामना दिन पार्टी महासचिव शंकर पोखरेल सहभागी हुने तय भएको उहाँका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल सहभागी हुने निश्चित भएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।












अनरको ‘तीन चाडको बहार’ :
नेपाली कांग्रेसको १५औँ महाधिवेशन :
तीस अर्ब रूपैयाँ निक्षेप तान्दै
राष्ट्रपति पौडेलसमक्ष थारू आयोग र
कोरिया पठाइदिने भन्दै ठगी गरेको
हावाहुरी र वर्षाका कारण प्रभावित