काठमाडौं । सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा दशैंलाई लक्षित गर्दै ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत सिद्धार्थ बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकले अधिकतम १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।
यो अफर असोज १५ गतेदेखि २६ गतेसम्म (अक्टोबर १ देखि १२, २०२६) सञ्चालन हुनेछ। यसअन्तर्गत सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म, अधिकतम १ हजार रुपैयाँ तथा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५ सय रुपैयाँ छुट पाउनेछन्।
अफरको लाभ लिन ग्राहकले दराज एपमा रहेको ‘10.10 Dashain Dhamaka’ अभियानअन्तर्गत ‘Bank Voucher’ सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ। संकलित भाउचर दराज प्रोफाइलको ‘My Vouchers’ मा सुरक्षित हुनेछ।
त्यसपछि कम्तीमा १ हजार ९ सय ९९ रुपैयाँको सामान खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा ‘Visa Debit/Credit Card’ चयन गरेर सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
दशैंको समयमा अनलाइन किनमेललाई सहज, सुरक्षित तथा लाभदायी बनाउने उद्देश्यले अफर ल्याइएको बैंकले जनाएको छ। यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सहज तथा सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै डिजिटल बैंकिङको प्रयोगलाई प्रवर्द्धन गर्ने बैंकको अपेक्षा छ।
अफरसम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।







पन्द्र दिनपछि खुल्यो मालढुंगा पुल
बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन
भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी
नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले
मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण सरकारको
करिब १ सय किलो गाँजासहित