काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्ने अवस्था आएको बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारमा गगन थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै त्यतिबेलै उहाँले देशको नेतृत्व गर्ने दिन आउन सक्ने बताएको उल्लेख गर्नुभयो।
‘मैले त्यतिबेलै भन्थेँ, तपाईंले यो देशको नेतृत्व गर्ने बेला आउन सक्छ। आज आएको देख्छु, निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ,’ प्रचण्डले भन्नुभयो।
उहाँले कांग्रेस सभापति थापालाई सबै पक्षलाई समेटेर अघि बढ्न सुझाव दिनुभयो। नयाँ पुस्ताका नाममा पुराना पुस्तालाई अपमान गर्ने प्रवृत्ति देखिन थालेको भन्दै त्यस्तो व्यवहार नगर्न पनि उहाँले आग्रह गर्नुभयो।
प्रचण्डले कांग्रेस सभापति थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिमा ‘क्रमभंगता’तर्फ अघि बढ्न सुझाव दिनुभयो।
थापा र लामिछाने दुवै आफ्नो क्याबिनेटका मन्त्री रहेको स्मरण गर्दै प्रचण्डले उनीहरूमा राजनीतिक चेत रहेको बताउनुभयो। उहाँले दुवै नेताप्रति आफ्नो माया, भरोसा र सम्मान कायमै रहेको उल्लेख गर्नुभयो।
‘चाहे रास्वपाको सभापति रविजी हुनुहोस्, चाहे नेपाली कांग्रेसको सभापति गगनजी हुनुहोस्, यहाँ लाइन लागेका मेरो क्याबिनेटका मन्त्रीहरू हुनुहोस्, मलाई सबैप्रति उत्तिकै माया छ,’ उहाँले भन्नुभयो, ‘उत्तिकै भरोसा र सम्मान छ। मलाई विश्वास छ, आउने दिनमा हामी सबैले समृद्ध नेपाल निर्माण गर्नेछौँ।’
प्रचण्डले सबै राजनीतिक शक्तिलाई समेटेर अघि बढ्दै मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्नेमा जोड दिँदै कांग्रेसको १५औँ महाधिवेशनका लागि शुभकामना व्यक्त गर्नुभयो।







चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध
तोलामा २ हजार १ सय
प्रहरी निरीक्षकहरूलाई दबाब र प्रभावमुक्त
नागरिकको विश्वास नै प्रहरीको वास्तविक