बुटवल । मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । बुटवलस्थित बिआइसिसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनलमा पुलिसले सभापोखरी भलिबल क्लब, संखुवासभालाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । पुलिसले २५-२३, २५-२३ र २५-२२ को जित निकाल्यो ।
उपाधिसँगै पुलिसले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । यसैगरी, विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लब तेस्रो भयो । तेस्रो स्थानका लागि भएको खेलमा एपिएफले खैरा भलिबल क्लब, पन्जाबलाई ३-१ को सेटमा पराजित गर्यो । एपिएफले १८-२५, २५-१९, २५-१३ र २५-११ को जित निकालेको थियो । तेस्रो भएको एपिएफले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्यो भने चौथो भएको खैरा क्लबले ७५ हजार रुपैयाँ पायो ।
प्रतियोगितामा नेपाल पुलिस क्लबका पहल गहतराज सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । विधागततर्फ एपिएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, नेपाल पुलिस क्लबका बलराम गुरुङ उत्कृष्ट सेटर, रेश्म छन्त्याल उत्कृष्ट सर्भर, सभापोखरीका सिभानसेन उत्कृष्ट ब्लकर, सन्तोष राई उत्कृष्ट डिफेन्डर तथा नेपाल पुलिस क्लबका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो ।
विधागत उत्कृष्ट सबैले जनही आठ हजार रुपैयाँ पुरस्कार पाए । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा असोज १२ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालका चार र विदेशका तीन गरी सात टोलीको सहभागिता थियो ।







पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना
भारतीय युट्युबर ध्रुव राठी पक्राउ
काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात