पोखरा । पोखरामा आयोजना हुने तेस्रो संस्करणको पुम्दी भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार थप व्यवस्थित र प्राविधिक रूपमा सक्षम बनाउन खेल संघ संस्थाका प्रतिनिधिले जोड दिएका छन् । पोखरामा आयोजित सरोकारवालासँगको छलफलमा सहभागीहरूले प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र प्राविधिक रूपमा स्तरीय बनाउन आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए । पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा आगामी असोज २४ गते शनिबार प्रतियोगिता हुँदैछ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगितालाई हरेक संस्करणसँगै थप परिष्कृत गर्दै लैजानुपर्ने बताउनुभयो । कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धार्थ अधिकारीले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन प्राविधिक पक्षलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले अघिल्लो संस्करणको तुलनामा यस वर्ष प्रतियोगितालाई थप प्राविधिक रूपमा मजबुत बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । संयोजक दिननाथ बरालले खेल पर्यटनसँगै स्थानीय गाउँठाउँ, कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धन तथा प्रदेश खेलकुद परिषद्, गण्डकीको समन्वयमा हुने प्रतियोगितामा पोखरा महानगरपालिका–२२ को सहकार्य रहेको छ । प्रतियोगितालाई विभिन्न खेल संघ संस्था, सरकारी निकाय तथा निजी क्षेत्रले सहयोग गरेका छन् ।




बैंकमा साढे १२ खर्ब तरलता,
जुवातास खेलिरहेको अवस्थामा १६ जना
जलवायु परिवर्तनले नेपालमा पारेको क्षति
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना
खाद्य व्यवस्था कम्पनीको सीईओका लागि
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक