काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा सम्मिलित टोरन्टो सिक्सर्सले क्यानडा सुपर ६० महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टोरन्टोले शनिबार बिसी प्यालेसमा सम्पन्न फाइनलमा भ्यानकुभर वारियर्सलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि जितेको हो ।
भ्यानकुभरले दिएको ८५ रनको लक्ष्य टोरन्टोले तीन बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्यो । टोरन्टोको जितमा एला म्याककगनले अविजित ३६ रन बनाउँदा नेपाली कप्तान इन्दु बर्माले अविजित १८ रनको योगदान गर्नुभयो । भ्यानकुभरका ग्रेस स्क्रिभेन्सले दुई तथा जेस जोसेफले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भ्यानकुभरले निर्धारित १० ओभरमा नौ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । उसका लागि सोफी रिडले ३५, कप्तान म्यारिजेन कापले १६, ग्रेस स्क्रिभेन्सले अविजित ११ तथा फेबी मोल्केनबोअरले १० रन बनाउनुभएको थियो । टोरन्टोका सोफिया सम्ले र अमरपाल कौरले दुई–दुई तथा इन्दु बर्माले एक विकेट लिनुभएको थियो ।
प्रतियोगितामा इन्दुले चार खेल खेल्दै चार विकेट लिनुका साथै ब्याटिङतर्फ १८ रन बनाउनुभयो । टोरन्टोले उपाधि रक्षा गर्दा नेपाली महिला क्रिकेटकी कप्तान इन्दुको सहभागिताले पनि प्रतियोगितामा नेपाली क्रिकेटप्रेमीको विशेष चासो बढाएको थियो ।







इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको
उद्योगीका समस्या समाधान गर्न तीनै
चीनसँगको सम्बन्धमा आर्थिक कुटनीति र
एमाले केन्द्रीय कमिटीमा मनोनीत १३
दशैंसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल,
नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको