पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आइतबार दिउँसो बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल सिद्धबाबा नजिकै दुर्घटना हुँदा गुल्मीको छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका ४७ वर्षीय नवराज पन्थको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका पन्थको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।






राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :