काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौं र नवपुस्तकालय तथा ज्येष्ठ नागरिक समाजको संयुक्त आयोजनामा बाउन्नौं मानव पुस्तक तथा रचनावाचन एवं शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नवपुस्तकालयमा आयोजित कार्यक्रममा अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देलको सभापतित्व तथा १०७ वटा कृति प्रकाशन गरिसक्नुभएका कवि एवं साहित्यकार डा.मधुसूदन पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा किरण पन्थी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कवि सुशीला शर्मा धमलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने वरिष्ठ युरोलोजिस्ट तथा साहित्यकार प्राडा.अर्जुनदेव भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको पहिलो चरणमा मानव पुस्तकीय व्यक्तित्वका रूपमा आमन्त्रित डा.मधुसूदन पाण्डेले ‘म केही जान्दिनँ’ शीर्षकबाट आफ्ना जीवन, साहित्यिक यात्रा, अनुभव तथा विचार प्रस्तुत गर्नुभएको थियो । करिब डेढ घण्टासम्म चलेको उक्त प्रस्तुतिमा उहाँले आफ्ना अनुभव र विचारहरू बिनाछलकपट तथा बिनाबनावट शैलीमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देलद्वारा अनुवादित ‘गीता’ कृतिको लोकार्पण गरिएको थियो । कृतिमाथि कलानिधि दाहालले समीक्षा प्रस्तुत गर्नुभएको थियो । त्यसपछि विभिन्न साहित्यकार तथा स्रष्टाहरूले शुभकामना मन्तव्यसँगै रचना वाचन गरेका थिए । कार्यक्रममा पुरुषोत्तम दाहाल, तेजनाथ दंगाल, शशीश्री आचार्य, शुभद्रा अधिकारी, दुर्गा अधिकारी भँमरकोटे, महेश्वर खनाल, महेशप्रसाद रिजाल, अमर अधिकारी ‘कीर्तिमयी’, राजेशराज गड्तौला, मदन नेपाल, भागीरथी ज्ञवाली, ओमकुमारी रानाभाट, बलराम दाहाल, श्याम घिमिरे, भैरवी भूगोल, रत्ननिधि शुक्राचार्य, कल्पना दाहाल, सुशीला धमलालगायतले रचना वाचन तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा केही वक्ताहरूले साहित्य सिर्जना, अध्यात्म, जीवनदर्शन तथा मानव पुस्तक अभियानका विविध पक्षबारे धारणा राखेका थिए । मानव पुस्तक परिकल्पनाकार तथा साहित्यकार विष्णुप्रसाद पन्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो । अन्त्यमा कार्यक्रमका सभापति हरिभक्त सिग्देलले समापन मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका