काठमाडौं । काठमाडौंमा भएको एक विशेष भेलाबाट वत्सगोत्रीय समाजको स्थापना भएको छ । वत्स गोत्रीयहरूको उपस्थिति भएको उक्त कार्यक्रमबाट नयाँ कार्यसमिति चयन पनि भएको छ । यस पहिले तदर्थ समितिका रूपमा रहेको समितिको प्रथम वार्षिक साधारणसभा हुनुका साथै नयाँ कार्यसमितिको चयन भएको हो ।
नयाँ कार्यसमितिमा गेहेन्द्र दाहाल अध्यक्ष, सूर्यनारायण झा वरिष्ठ उपाध्यक्ष, मदन दाहाल, सीमाकुमारी मिश्र र सुरेन्द्रराज खराल उपाध्यक्ष, हरिकृष्ण दाहाल महासचिव, सुनील लम्साल सचिव, रोशन दाहाल कोषाध्यक्ष निर्वाचित हुनुभएको छ । यसैगरी गोपिनी सञ्जेल, पुष्पराज कुँवर, गोविन्दप्रसाद रूपाखेती, विजय ठाकुर, गणेश दाहाल, खिलानाथ दाहाल, झुना लम्साल, सन्दीपविक्रम राणा र सुरेन्द्र खराल सदस्यमा रहनुभएको छ ।
उक्त कार्यक्रममा नेपाल बार एसोसिएसनका सभापति डा.विजय मिश्र प्रमुख अतिथि रहनुभएको थियो भने गेहेन्द्र दाहालले सभापतित्व ग्रहण गर्नुभएको थियो । वत्स गोत्रका थरहरू सीमित रहेका भनिएकोमा हाल दाहाल, लम्साल, राणा, रूपाखेती, कुँवरका साथै झा, मिश्र, ठाकुर, खराल, सञ्जेल, चौहान, ठाकुरलगायतका थरहरू पनि वत्सगोत्रीय भएको थाहा भएको छ । समाजले यस्तै अरू सबैलाई खोज अनुसन्धान गरी समेट्दै अगाडि बढ्ने र सगोत्रीहरू बारे जानकारी राखेर विभिन्न किसिमले आपसी सरसहयोग गर्ने उद्देश्यका साथ यो समाज गठन गरेको बताइएको छ । कार्यक्रममा डा.ताराबहादुर कुँवर, लक्ष्मी दाहाल, प्रवेश दाहाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
तदर्थ समितिका अध्यक्ष गेहेन्द्र दाहालले वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्नुभएको यक्त कार्यक्रममा उपस्थित सबैले आ-आफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो । छलफलका क्रममा उठेका जिज्ञासाहरूको जवाफ सभापति गेहेन्द्र दाहालले दिनुभएको थियो । उक्त सभामा मुकुन्दप्रसाद दाहालले पनि मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि डा.मिश्रले समाजसम्बन्धी आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।






मन्त्रिपरिषद्को बैठक सुरु
भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा संसदीय
नेपाल एसबिआई बैंकद्वारा झापाको वृद्धाश्रमलाई
निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक
निर्वाचन प्रहरीको पोशाक खरिद अध्ययन
आईजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौती–