काठमाडौं । यही शुक्रबार असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’को प्रचारप्रसार तीव्र पारिएको छ । प्रचारकै क्रममा आइतबार कीर्तिपुरबाट २५० भन्दा बढी साइकल यात्रीले चलचित्रको टि-सर्ट लगाएर कपनस्थित क्लब मण्डलासम्म साइकल र्याली गरेका छन् ।
निर्देशक विनयराज पौडेलका अनुसार प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रलाई दर्शकमाझ पुर्याउने उद्देश्यले र्याली आयोजना गरिएको हो । कार्यक्रममा अभिनेत्री न्यान्सी खड्का, पुष्कर राउतसहित चलचित्रका निर्माता तथा निर्माण पक्षको उपस्थिति थियो ।
युनिभर्सल सर्टिफिकेट प्राप्त ‘अक्षरा’ दुई घण्टा १४ मिनेट लामो छ । छोरीले सुख पाउने आशामा अपरिचित धनी युवकसँग विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्यालाई चलचित्रले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।
उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना निर्माता रहेको यो चलचित्रमा न्यान्सी खड्कासहित सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारीलगायत कलाकारको अभिनय छ । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित चलचित्रको कथा उग्रसेन ढुंगानाले लेख्नुभएको हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पार्नुभएको हो ।
दीपेन बस्न्यातको छायांकन र गौतम खड्काको सम्पादन रहेको चलचित्रको नेपाल वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्दै हुनुहुन्छ । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।






एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी
सरकार उल्टो बाटोमा हिँडिरहेको छ
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना
महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः
चप्पलभित्र ब्राउन सुगर लुकाएको आरोपमा