काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब फकाउनुभन्दा छोडिदिनु उचित हुने सुझाव दिनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति देउवाका विषयमा यस्तो सुझाव दिनुभएको हो।
‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ लामिछानेले भन्नुभयो।
लामिछानेले कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै अब नयाँ पुस्ता र बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताउनुभयो।
कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक शक्ति भएको उल्लेख गर्दै उहाँले विगतबाट पाठ सिकेर नयाँ यात्रामा अघि बढ्नुपर्ने धारणा राख्नुभयो।







डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि