काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रहेका धेरै नेता तथा कार्यकर्ता विगतमा कांग्रेसमा राजनीतिक प्रशिक्षण लिएका व्यक्तिहरू रहेको बताउनुभएको छ।
काठमाडौंको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले रास्वपाको नेतृत्वदेखि संसद्मा प्रतिनिधित्व गर्ने सांसदसम्मको पृष्ठभूमि कांग्रेससँग जोडिएको टिप्पणी गर्नुभएको हो।
रास्वपामा ४० देखि ५० जनासम्म व्यक्ति कांग्रेसको मञ्चमा राजनीतिक प्रशिक्षण लिएर गएको उहाँले जिकिर गर्नुभयो। विगतमा कांग्रेसका कार्यक्रममा सक्रिय रहेका तथा कांग्रेसबाट राजनीतिक संस्कार सिकेका व्यक्तिहरू अहिले रास्वपामा रहेको उहाँको भनाइ थियो।
‘रास्वपाको नेतृत्वदेखि तलसम्म पनि हिजो कांग्रेसकै मञ्चमा ताली बजाएर हुर्किएका र हामीले राजनीतिक संस्कार सिकाएर पठाएका थुप्रै साथीहरू हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले यसमा पनि हाम्रो कुनै गुनासो छैन, राम्रा कुरा सिकाएरै पठाएका छौँ। म यसभन्दा बढी केही भन्दिनँ।’
रास्वपाका नेतृत्व तहदेखि विभिन्न तहमा रहेका नेताहरूको विगत कांग्रेससँग जोडिएको उल्लेख गर्दै थापाले कांग्रेसबाट राजनीतिक प्रशिक्षण र संस्कार लिएका व्यक्तिहरू नयाँ राजनीतिक दलमा जानुलाई आफूहरूले स्वाभाविक रूपमा लिएको संकेत गर्नुभयो।
यसअघि रास्वपा सभापति रवि लामिछानेले कांग्रेसका केही नेता तथा कार्यकर्ताले रास्वपालाई मतदान गरेको प्रसंग उठाएको स्मरण गर्दै थापाले त्यसबाट कांग्रेसलाई खासै चिन्ता नरहेको बताउनुभयो।
उहाँले संसद्भित्र रहेका विभिन्न दलका नेताहरूको राजनीतिक पृष्ठभूमि हेर्दा समेत कांग्रेसको प्रशिक्षण र प्रभाव देखिने दाबी गर्नुभयो।







पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना
भारतीय युट्युबर ध्रुव राठी पक्राउ
काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात