काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ संस्करणमार्फत् दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ । एप थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरणहरू थप गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ संस्करणमा पिडिएफ कागजात स्क्यान गर्ने उपकरण, क्युआर कोड स्क्यान गर्ने उपकरण, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण राख्ने उपकरण, एकाइ रूपान्तरण, हिसाब गर्ने उपकरण, टिपोट तथा सम्झना गराउने सुविधा, ऋण हिसाब गर्ने उपकरण, आफ्नो स्थान पत्ता लगाउने सुविधा र कर हिसाब गर्ने उपकरणलगायतका सुविधा समावेश गरिएको छ ।
प्रयोगकर्ताले पिडिएफ कागजात स्क्यान गर्ने उपकरणमार्फत् मोबाइलबाटै आवश्यक कागजात स्क्यान गरी पिडिएफ बनाउन सक्नेछन् भने क्युआर कोड स्क्यान गर्ने उपकरणबाट विभिन्न क्युआर कोड सजिलै स्क्यान गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेट गति परीक्षण सुविधामार्फत् मोबाइलको इन्टरनेट गति परीक्षण गर्न सकिनेछ ।
विशेषगरी महिलाका लागि उपयोगी हुने महिनावारी चक्र विवरण राख्ने उपकरणमार्फत् महिनावारी चक्र तथा सम्बन्धित मितिहरूको विवरण राख्न सकिनुका साथै महिनावारी हुन सक्ने सम्भावित दिनको जानकारी तथा सम्झना गराउने सूचना प्राप्त गर्न सकिनेछ । त्यसैगरी, टिपोट तथा सम्झना गराउने सुविधामार्फत् महत्त्वपूर्ण कुराहरू लेखेर सुरक्षित राख्नुका साथै आवश्यक समयमा सम्झनका लागि सूचना निर्धारण गर्न सकिनेछ ।
ऋण हिसाब गर्ने उपकरणबाट ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी सामान्य हिसाब गर्न सकिनेछ भने कर हिसाब गर्ने उपकरणबाट आम्दानी तथा करसम्बन्धी अनुमानित गणना गर्न सकिनेछ । स्थान साझेदारी सुविधामार्फत् प्रयोगकर्ताले आफ्नो स्थानसम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताइएको छ ।







मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र