नेपाली कांग्रेस नेपालको पुरानो प्रजातान्त्रिक पार्टी हो । देशका सबै प्रजातान्त्रिक आन्दोलन यही पार्टीको अगुवाइमा भएका थिए । यो पार्टीले नेपालको तानाशाही शासन राणा, राजाको प्रत्यक्ष शासन पञ्चायत, राजतन्त्रलाई पुनर्स्थापित गर्ने चाहना राख्ने ज्ञानेन्द्रको प्रत्यक्ष शासन र दश वर्षको द्वन्द्वलाई समाप्त पारेर देशलाई शान्तिपूर्ण अवस्थामा ल्याएको थियो । यो पार्टीकै विश्वासमा देशका हरेक आन्दोलन सम्पन्न भए । त्यसैले यो पार्टी नेपालको इतिहासमा प्रजातन्त्रमाथि विश्वास गर्ने पार्टी हो । विश्वेश्वरप्रसाद कोइरालाको देशप्रतिको आस्था र विश्वासलाई जीवन्त बनाउन गठन भएको यो पार्टीं आज पन्ध्रौं महाधिवेशनमा होमिएको छ । नियमित पन्धौं अधिवेशनमा होमिएको नेपाली कांग्रेस आज दुई धारमा विभक्त भएको छ । २०८२ सालमा भएको विशेष महाधिवेशनबाट सुधारिएको कांग्रेसले पन्धौं महाधिवेशनलाई यही असोज महिनामा सम्पन्न गर्ने निश्चित देखिन्छ ।
चुनदेवीले विभिन्न प्रकारका शर्त राखेर गगनलाई न अत्ताएको पनि होइन तर उनी आत्तिएनन् । उनलाई आफूभन्दा अग्रजलाई सम्मान गरेर सानेपा ल्याउने अभिलाषा नभएको पनि होइन तर उनी उक्त काममा सफल हुन सकेनन् । कुनै चमत्कार भएमा अधिवेशनमा सहभागी हुने कुरालाई असम्भव मान्न सकिने अवस्था पनि छैन । चुनदेवीमा जम्मा हुने सबै नेता नेपाली कांग्रेसका अग्रज हुन् ।
पार्टीको यो नियमित अधिवेशन हो । यो अधिवेशनले पार्टीलाई वर्तमानको राजनीतिमा सबल र सक्षम बनाएर आफूलाई गतिशील तुल्याउनेछ भन्ने विश्वास आम कांग्रेसीजनमा देखापरेको पाइन्छ । यो अधिवेशनले दिने नेतृत्व वर्तमान कांग्रेसको भविष्य मानिनेछ । वर्तमान कांग्रेसको नेतृत्व गरिरहेका गगनकुमार थापा नै पन्ध्रौं महाधिवेशनबाट सोह्रौं महाधिवेशनसम्मका लागि सभापतिमा चयन हुने सन्दर्भ निश्चित छ । गगनकुमार थापाबाट नै नेपाली कांग्रेसको पहिचान व्यवस्थामा सबल बन्ने कुरालाई नकार्न सकिँदैन । पार्टीको भविष्य उनीसित छ । पार्टीको हितमा उनले काम गरेका छन् र गर्ने छन् ।
चुनदेवीको प्रलाप
विशेष महाधिवेशनबाट छानिएका गगन थापालाई सभापति अस्वीकार गर्ने जमातको केन्द्र हो चुनदेवी । शेरबहादुरको आगमनपूर्व नै स्थापित भएको यो कार्यालय शेरबहादुरको नेतृत्वमा गतिशील छ आजकल । शेरबहादुर देउवालाई सभापति मान्ने वरिष्ट भनाउँदाको जमघट आज पनि चुनदेवीमा भइरहेको देखिन्छ । चुनदेवी पनि मंसिरमा पन्ध्रौं अधिवेशन गर्ने भन्दै आफ्ना कार्यक्रम अघि सारेको छ । के कसरी गर्ने हो त्यो तिनैले नै जानून् । आधिकारिकता गगनसित । चारतारे झण्डा र रूख पनि गगनतिर । निर्वाचन आयोग र सर्वोच्च अदालतले दिएको फैसला पनि गगनतिर । चुनदेवी भने हामी नै कांग्रेस हौं भन्ने प्रलापमा व्यस्त । चुनदेवीलाई अधिवेशनपूर्व मिलाउने प्रयास नभएका पनि होइनन् । प्रयासले सार्थक रूप पाउन सकेन ।
चुनदेवीले विभिन्न प्रकारका शर्त राखेर गगनलाई न अत्ताएको पनि होइन तर उनी आत्तिएनन् । उनलाई आफूभन्दा अग्रजलाई सम्मान गरेर सानेपा ल्याउने अभिलाषा नभएको पनि होइन तर उनी उक्त काममा सफल हुन सकेनन् । कुनै चमत्कार भएमा अधिवेशनमा सहभागी हुने कुरालाई असम्भव मान्न सकिने अवस्था छैन । चुनदेवीमा जम्मा हुने सबै नेता नेपाली कांग्रेसका अग्रज हुन् । उनीहरूले नेपाली कांग्रेसको पार्टी सुदृढीकरणमा योगदान दिएका छन् । उनीहरूको योगदानलाई केही गरेका छैनन् भन्नु पनि अनुपयुक्त नै होला ? उनीहरूले दिएको योगदानको कदर भएन भन्नु पनि भुल हुनेछ । योगदान गरे पार्टीका लागि तर योगदानलाई उनीहरूले ब्याजसहित असुले भन्न पनि सकिन्छ ।
यो सत्य हो । नेपाली कांग्रेसमा पटक-पटक विग्रह नआएको पनि होइन । पार्टी नफुटेको पनि होइन । फुटेर पनि जुट्न सक्के खुबी यो पार्टीमा नभएको पनि होइन । तर, पुरानो हुँ भन्ने वैध नेतृत्वलाई अस्वीकार किन ? हामीले सिञ्चेकको पार्टी हो भन्ने तर पार्टीको विग्रहमा मतियार किन ? विशेष महाधिवेशन वैधानिक होइन भन्ने आधार के ? तर पनि नेतृत्वमा आएका गगनलाई अस्वीकार गर्ने आधार के ? कसैसित जवाफ पनि छैन । वरिष्ट आफूले आफैंलाई मान्ने हो र ? अरू वा पार्टीका कार्यकर्ताले वरिष्ट बनाउने हो । सबै कुरा अस्वीकार गर्ने हो र !
हामी लोकतन्त्रवादी हौं पनि भन्ने पार्टीको विधान अनुसार भएको अधिवेशनलाई स्वीकार गर्दैनौं पनि भन्ने कस्तो चलन हो यो । यो चलन न त नेपाली जनता, न त कांग्रेसका कार्यकर्ता, न त आमनेपाली जनताले बुझेका छन् । बुझेका छन् त चुनदेवीमा कुर्लने ती नेताले जसले आफूलाई कांग्रेस विरासतमा पाएको र आफूबिना कांग्रेस अधुरो मान्ने गरेका छन् । आज देशको प्रधानमन्त्री ३६ वर्षीय व्यक्ति छन् । उनले देश हाँकिरहेका छन् । देशको अवस्था जे होला आजको पुस्ता देश हाँक्ने र देशलाई केही बनाउने सपना बोकेर अघि बढेको छ तर चुनदेवी सत्तरी नेटो काटेर पनि देशलाई मेरो आवश्यकता छ भन्नेमा मस्त छ । चुनदेवीको यो प्रलाप कहिलेसम्म हो र किन हो उनीहरू नै जानकार होलान् । चुनदेवीले जे गरे पनि आज कांग्रेस गगनकुमार थापासित छ । दृढ विश्वास, सर्वसम्मत निर्णय, देशलाई बनाउनु नै उद्देश्य, निःस्वार्थ भावना उनीसित छ । पन्ध्रौं महाधिवेशनले दह्रो पार्टी सभापति बनाउनेछ तर निरंकुश भने होइन ।
अपेक्षा नेपाली कांग्रेससित
पन्ध्रौं महाधिवेशन आरम्भ भएको छ । यो अधिवेशन नेपाली कांग्रेसको पन्ध्रौं अधिवेशन हो । यो अधिवेशनबाट नेपाली कांग्रेको स्वरूप बदलिनेछ । नेपाली कांग्रेसमा युवाको प्रतिनिधित्व हुनेछ । जसले आफूलाई जेन–जी पुस्ता मानेको छ । यस पुस्ताको गतिलो उपस्थिति पन्ध्रौं महाधिवेशनले दिनेछ । महाधिवेशन सर्वसम्मत होस् वा निर्वाचनबाट नेतृत्व छनोट होस् । प्रजातान्त्रिक पार्टी आन्तरिक निर्वाचनबाट डराउने छैन । स्वच्छ, प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनेछ । पार्टी सभापतिमा गगनलाई जित्ने र गगनको नेतृत्वलाई अस्वीकार गर्ने अवस्था अब छैन । विशेष महाधिवेशनमा सर्वसम्मत बनेको नेतृत्व अब पनि सर्वसम्मत हुनुपर्छ भन्ने छैन तर निर्वाचनबाट छानिए पनि नेपाली कांग्रेसको यो अधिवेशन नेपालीका लागि अपेक्षा बोकेर आउनेछ ।
नेपाली कांग्रेसको अधिवेशनले नेपाली जनतालाई विश्वास दिलाउनेछ । नेपाली जनतालाई भावी राजनीतिको दिशा दिनेछ । नेपाली कांग्रेसका कार्यकर्तामा रक्तसञ्चार गराउनेछ । नेपाली कांग्रेसका समर्थकमा आशाको किरण दिनेछ । यो अधिवेशन अधिवेशनमात्र होइन परिवर्तनको बाहक पनि हो । देशलाई गति दिने आधार पनि हो ।
संसदीय निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दियो । यो पार्टीबाट सर्वसम्मत संसदीय दलका नेता छानिएका बालेन्द्र शाह आज प्रधानमन्त्री छन् । बितेका छ महिनामा यो सरकारले जे गर्यो त्यसको लेखाजोखा जनताले गरेका छन् । नेपाली जनताले जे माने त्यसको पहिचान आज देख्न थालिएको छ । आज नै वर्तमान सरकारको विकल्प खोज्न थालियो । विकल्पको आधार पनि छैन । किन र कसरी विकल्प खोजिएको हो त्यो जानकारी कसैलाई पनि छैन तर वर्तमान सरकारको विकल्प पनि छैन । वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्दछ । नेपालको राजनीतिमा स्थिरता आवश्यक छ । सामान्यतया नेपालको राजनीतिमा स्थिरता दिने अवस्था आजको सरकारसित छ ।
नेपाली जनता जसले निर्वाचनमा मत दिए । ती जनता नै आत्तिन थाले । ती जनताले नै हामीले किन मत दिएछौं भन्न थाले । सरकार यो खबरबाट अनभिज्ञ छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति मौन बसेका छन् । जे सोचेर वा जसरी निर्वाचन जितियो त्यसरी काम गर्न सरकारले सकेन भन्ने उनले मानेका पनि छन् तर केही गर्न सकिँदैन भन्ने उनलाई पनि परेको छ । यही हो आजको नेपाली राजनीतिको अवस्था । यो अवस्था कहिलेसम्म रहने हो पत्तो कसैलाई छैन । त्यसैले अबको विकल्प नेपाली कांग्रेस हो । नेपाली कांग्रेसमा पनि गगन थापा नै विकल्प हुन् । चुनदेवीको कुनै पनि व्यक्ति वा नेता वर्तमान सरकारको विकल्प होइन । यो सरकारको विकल्प कतै, कहीँ छ भने त्यो गगन थापा नै हो ।
नेकपा एमालेमा नेतृत्व परिवर्तनको चर्चा चले पनि सम्भव देखिएन । प्रचण्ड आफू बाँचुञ्जेल अरूलाई अधिकार दिने पक्षमा देखिँदैनन् । त्यसैले नेपाली कांग्रेस नै वर्तमान सरकारको विकल्प हो आउँदो निर्वाचनमा । नेपालको राजनीतिमा यो अवस्था किन र कसरी आयो भन्ने सन्दर्भ नै आजको सोचको विषय बनेको देखिन्छ । राजनीतिमा जहिले पनि विचारको प्रधानता रहेको हुन्छ । विचार बिनाको राजनीति भिडमात्र हो । वर्तमान सरकार र सरकारको पार्टी भिड हो । यो भिडले केही गर्दैन भन्ने तथ्यलाई अस्वीकार गर्न सकिँदैन । त्यसैले नेपालको राजनीतिमा विकल्पको खोज हुन थाल्नु नै यो राजनीतिमा देखापरेको खेल हो ।
नेपाली कांग्रेसको अधिवेशनले नेपाली जनतालाई विश्वास दिलाउनेछ । नेपाली जनतालाई भावी राजनीतिको दिशा दिनेछ । नेपाली कांग्रेसका कार्यकर्तामा रक्तसञ्चार गराउनेछ । नेपाली कांग्रेसका समर्थकमा आशाको किरण दिनेछ । यो अधिवेशन अधिवेशनमात्र होइन परिवर्तनको बाहक पनि हो । देशलाई गति दिने आधार पनि हो । यही आधारमा टिकेको नेपाली कांग्रेसको महाधिवेशनले नेपालको राजनीतिमा मात्र होइन छिमेकी र विश्व राजनीतिमा पनि आफूलाई दह्रो गरी उतार्नेछ । अधवेशले दिने नेतृत्च सबल होस् । अधवेशनबाट आउने नेतृत्व र नेपाली कांग्रेसको भविष्य सुरक्षित रहोस् । युवा नेतृत्वमाथि नेपाली जनताको विश्वास जागृत बनोस् । युवाले कांग्रेस हाँकून् । पुराना नेताप्रति श्रद्धा, युवामा आधार, समर्थकमा आशा, नेपाली जनतामा विश्वास जगाउने कांग्रेस नै पन्ध्रौं महाधिवेशनको अपेक्षा हो । पन्ध्रौं महाधिवेशनको सफलताको शुभकामना नेपाली कांग्रेसलाई ।






जलवायु परिवर्तनको असर विश्वसामु पुर्याउन
काँग्रेस महाधिवेशनः ५ हजार ६
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल
नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल,
एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि,