पोखरा । दसैँ नजिकिँदै गर्दा हिमाली जिल्लाका भेडा–च्याङ्ग्रा पोखरा भित्रिन थालेका छन् । यो वर्षको पहिलो लटमा डोल्पाका च्याङ्ग्रा लिएर मीनप्रसाद बोहरा पोखरामा आइपुगेका छन् । उनले पोखराको सिम्पानी जौबारीमा २१ देखि ४० हजार रुपैयाँसम्मका च्याङ्ग्रा बिक्रीमा राखेका छन् ।
विगत तीन वर्षदेखि भेडा–च्याङ्ग्रा लिएर निरन्तर पोखरा आइरहेका उनले यो वर्ष १ सय भेडा–च्याङ्ग्रा पोखरा भित्र्याएका हुन् । यो वर्ष हिमाली जिल्ला मुस्ताङ, बझाङ, हुम्ला, डोल्पालगायत क्षेत्रबाट करिब १० हजार बढी भेडा–च्याङ्ग्रा पोखरा भित्रिन सक्ने व्यापारीहरुको अनुमान छ ।
केही व्यापारीले हिँडाएर, केहीले गाडीमा हालेर भेडा–च्याङ्ग्रा पोखरा ल्याउने गरेका छन् । गत असोज ९ देखि ११ सम्मको वर्षाले बेनी–जोमसोम–कोरला सडकखण्ड पहिरोका कारण अवरुद्ध रहेकाले मुस्ताङबाट अघिल्ला वर्षजस्तै यस वर्ष गाडीमा भेडा–च्याङ्ग्रा पोखरा ल्याउने सम्भावना छैन ।
हिँडाएर ल्याउनुपर्ने भएकाले यस वर्ष अघिल्ला वर्षभन्दा केही ढिला गरी भेडा–च्याङ्ग्रा पोखरा ल्याइने छन् ।
तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी















पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र