रौतहट । ठेकेदारले ईटाभट्टामा काम गर्न ल्याई अलपत्र पारेकाे ४२ जना भारतीय नागरिकलाई राैतहट प्रहरीले उद्धार गरि भारतीय एसएसबीको जिम्मा लगाएको छ ।
रौतहटको गुजरा नगरपालिका वडा नम्बर ५ लक्ष्मीपुरस्थित मदिना इँटा भट्टामा अलपत्र परेकाे ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरी भारततर्फ पठाएको हो ।
भारतबाट ठेकेदारमार्फत काम गर्न आएका १२ जना पुरुष, ११ जना महिला, १० जना आश्रित बालक र ९ जना बालिका गरी ४२ जना इँटा भट्टामा अलपत्र परेको सूचना प्रहरीलाई प्राप्त भएपछि प्रहरीले तत्काल उद्धारका लागि टोली परिचालन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरी घटनाबारे आवश्यक अनुसन्धान गरि प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाएको थियाे ।
अनुसन्धानका क्रममा उनीहरूलाई नेपाल ल्याउने भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि कामदार तथा उनीहरूका आश्रित परिवार अलपत्र परेको खुलेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
प्रहरीकाअनुसार आईतवार साँझ सबै ४२ जनालाई उद्धार गरी ना.७ ख १६७५ नम्बरको बसमार्फत गौर भन्सार भएर भारतकाे सितामढी जिल्लाकाे बैरगनिया एसएसबलाई जिम्मा लगाईएकाे थियाे ।
गौर भन्सार सुरक्षा गार्ड रौतहटको पहलमा उनीहरूलाई भारतीय सीमा सुरक्षा बल बैरगनियालाई सकुशल जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।







श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध
तोलामा २ हजार १ सय
प्रहरी निरीक्षकहरूलाई दबाब र प्रभावमुक्त