काठमाडाैं । हालैको भोटेकोशी बाढी, यसको प्रभाव र भावी योजनामा केन्द्रित भएर काठमाडौँमा आइतबार खुला बहस गरिएको छ । विद्यासागर फाउण्डेसनले सम्बन्धित क्षेत्रका विज्ञ, नीति निर्माता सांसदलगायत सरोकारवालाको उपस्थितिमा जलवायु परिवर्तन, विपद् व्यवस्थापन र जलवायु न्यायसम्बन्धी खुला बहस गरेको हो ।
कार्यक्रममा पूर्वाधार तथा जलवायु विज्ञ डा. गोविन्दराज पोखरेल, नेपाली सेनाका अवकास प्राप्त उपरथी एवं अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिका जानकार डा. पूर्णबहादुर सिलवाल, प्रतिनिधिसभा सदस्यसमेत रहेकी पूर्वउपसभामुख इन्दिरा राना मगरलगायत सहभागी हुनुहुन्थ्याे ।
कार्यक्रममा बोल्दै पोखरेलले भोटेकोशी बाढीले जलवायु परिवर्तनलाई ध्यानमा राखेर नीति बनाउनुपर्नेमा सचेत गराएको बताउनुभयाे । हालैको बाढी संकेतमात्र भएको र समयमै सचेत नभए यसको असर पछि झनै देखिने उहाँको भनाइ थियो । खोला-नदीबाट कति टाढा घर बनाउने, पुल कति उचाइमा बनाउने, कस्तो ठाउँमा बनाउने भन्ने विषयको वैज्ञानिक अध्ययन गरेर कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई उहाँले सुझाव दिनुभयाे ।
प्रतिनिधिसभा सदस्य रानाले कार्बन उत्सर्जनमा कम योगदान रहेको नेपाल र हिमाली क्षेत्रका जनताले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयाे । नेपाल, भारत र चीनले एकजुट भएर हिमनदी पग्लने र जलवायु न्यायलाई नेतृत्व गर्नुपर्ने उहाँको भनाइ थियो । यो हिमाली क्षेत्रमा रहेका तीन वटै देशको क्षेत्रीय दायित्व हुनुपर्ने उहाँले बताउनुभयाे ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी/प्रकाशचन्द्र तिमिल्सेना















आजदेखि बडादशैँ सुरु, घरघरमा घटस्थापना
प्रश्न उठाएर उदाएका गगन जवाफ
संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,