काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पनि विराटनगर किंग्स र एभरेष्ट बैंक लिमिटेडबीचको सहकार्य निरन्तर हुने भएको छ । एभरेष्ट बैंक पहिलो सिजनदेखि नै विराटनगर किंग्ससँग जोडिँदै आएको छ । तेस्रो सिजनका लागि पनि बैंक र टोलीबीच ‘पावर्ड बाई पार्टनर’का रूपमा सहकार्य गर्ने सम्झौता भएको हो ।
नेपाली क्रिकेटको विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको एभरेष्ट बैंक र विराटनगर किंग्सबीचको निरन्तर सहकार्यले नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागितालाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
सहकार्यलाई निरन्तरता दिएकोमा विराटनगर किंग्सले एभरेष्ट बैंकप्रति आभार व्यक्त गरेको छ । टोलीले नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउने अभियानमा कर्पोरेट क्षेत्रको साथ महत्त्वपूर्ण रहेको जनाएको छ ।
एनपिएलको तेस्रो सिजन आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म आयोजना हुँदैछ । विराटनगर किंग्सले कात्तिक १० गते चितवन राइनोजसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।






आजदेखि बडादशैँ सुरु, घरघरमा घटस्थापना
प्रश्न उठाएर उदाएका गगन जवाफ
संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,