सुर्खेत । नेपाल प्रिमियर लिग (एनपिएल)को फेन्चाइज टोली कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ । शनिबार सुर्खेत र आइतबार सल्यानमा भएको ट्यालेन्ट हन्टबाट दैलेखका हिक्मतबहादुर शाही, रुकुम पश्चिमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्का छनोट हुनुभएको हो ।
छनोट भएका तीनैजना खेलाडी एनपिएलको पूर्वतयारीका लागि कर्णाली याक्सको बन्द प्रशिक्षणमा रहनुहुनेछ । बन्द प्रशिक्षणमा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम एक जनालाई एनपिएलमा सहभागी गराइने कर्णाली याक्सका प्रमुख गिहेन्द्र घिमिरेले जानकारी दिनुभयो । ट्यालेन्ट हन्टमार्फत् कर्णाली प्रदेशका जिल्लामा रहेका प्रतिभाशाली खेलाडी पहिचान गरी एनपिएलमा अवसर दिने उद्देश्यले छनोट प्रक्रिया अघि बढाएको घिमिरेले बताउनुभयो ।
यसैबीच, कर्णाली याक्सले नेपाली म्याराथनका चर्चित धावक हरिबहादुर रोकायालाई सम्मान गरिएको छ । नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै कर्णाली याक्सले उहाँलाई दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
सोमबार कर्णाली याक्सले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा रोकायालाई सम्मानसँगै ‘हिरोज’ ब्राण्ड एम्बेसडरसमेत घोषणा गरेको छ । सम्मानपछि रोकायाले आफू निकै खुसी भएको बताउनुभयो । खेलकुदमा सफलता प्राप्त गर्न संघर्ष नछाड्न खेलाडीलाई उहाँले आग्रह गर्नुभयो ।







जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर
कांग्रेस महाधिवेशनको मतदान समय दुई
मन्त्रिपरिषद् बैठक बस्दै