काठमाडौं । ‘फुटबलर्स मिसन टुगेदर’को आयोजनामा तेस्रो संस्करणको भेट्रान्स फुटबल प्रतियोगिता कात्तिक १० देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताका खेलहरू मध्यपुर ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
फुटबल खेलमा आफ्नो जीवनको महत्त्वपूर्ण समय राष्ट्रका लागि समर्पण गरेका पूर्व तथा अवकाशप्राप्त खेलाडीको अनुभवलाई जीवन्त राख्दै उनीहरूलाई खेलकुद क्षेत्रमा निरन्तर सक्रिय रहन थप ऊर्जा प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा ४० वर्ष उमेर पूरा गरेका खेलाडीले सहभागिता जनाउनेछन् । आयोजकका अनुसार धरान, हेटौँडा, पोखरालगायत देशका विभिन्न स्थानबाट २५ भन्दा बढी भेट्रान्स टोली सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई समेत आकर्षक पुरस्कार प्रदान गरिनेछ ।






संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर