काठमाडौं । लेखक अनुपम रोशीको नयाँ कृति ‘भग : एक मौन ब्रह्माण्ड’ काठमाडौंमा विमोचन गरिएको छ । शिक्षा बुक्सले प्रकाशन गरेको कृतिमा अस्तित्व, शरीर, सत्ता, समाज, मृत्यु, चेतना र आध्यात्मिकताजस्ता विषयलाई दार्शनिक तथा प्रश्नमुखी दृष्टिले प्रस्तुत गरिएको छ । विमोचन कार्यक्रममा युग पाठक, सगुना शाह र राम लोहनीले कृतिमाथि धारणा राख्दै यसलाई समकालीन नेपाली साहित्यमा गम्भीर चिन्तन र बहसको सम्भावना बोकेको कृतिका रूपमा चर्चा गर्नुभयो ।
युग पाठकले पुस्तकले कुनै स्थापित निष्कर्षलाई अन्तिम सत्यका रूपमा प्रस्तुत नगरी पाठकलाई प्रश्नको केन्द्रमा उभ्याउने बताउनुभयो । उहाँका अनुसार कृतिले पाठकलाई सोच्न, आफ्नै दृष्टिकोणबाट विषयलाई हेर्न र आफू बाँचिरहेको समयसँग पुनः संवाद गर्न प्रेरित गर्छ ।
सगुना शाहले कृतिको भावनात्मक तथा दार्शनिक गहिराइको चर्चा गर्दै पुस्तकले पाठकलाई आफ्नै जीवन, अनुभूति र अस्तित्वसँग जोड्ने बताउनुभयो । विशेषगरी मृत्यु–चिन्तनसम्बन्धी निबन्धहरू गम्भीर र प्रभावशाली रहेको उहाँको भनाइ थियो ।
राम लोहनीले कृतिमा आध्यात्मिकता र स्वत्वको खोजलाई विशेष रूपमा उठाइएको बताउनुभयो । पुस्तकका प्रसंगले पाठकलाई रोकिएर सोच्न बाध्य बनाउने उल्लेख गर्दै उनले यसले अस्तित्व र आत्मपहिचानतर्फ फर्किन प्रेरित गर्ने धारणा राख्नुभयो । वक्ताहरूले रोशीको काव्यिक भाषा, दार्शनिक गहिराइ र प्रश्न गर्ने साहसको प्रशंसा गर्दै ‘भग : एक मौन ब्रह्माण्ड’लाई वर्तमान समयसँग संवाद गर्ने कृतिका रूपमा व्याख्या गरे । पुस्तकको मूल्य ६९५ रुपैयाँ छ ।







पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना
भारतीय युट्युबर ध्रुव राठी पक्राउ
काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात