काठमाडौं । जीवन विक नेपाली मोडल, गायक र अभिनेता हुनुहुन्छ । उहाँ ‘म्यानहन्ट इन्टरनेसनल नेपाल’का विजेता हुनुहुन्छ भने ‘मिस्टर ट्यालेन्ट’ र ‘मिस्टर फ्रेन्डसिप’ अवार्ड पनि हात परिसक्नु भएको छ ।
उहाँले दशभन्दा बढी म्युजिक भिडियोहरूमा मुख्य मोडलका रूपमा काम गरिसक्नु भएको छ । ‘दशैँ आयो’ र लघु चलचित्र ‘भूकम्प’ उहाँका चर्चित छन् । उहाँको हालै नयाँ कभर गीत ‘ह्याभ यु एभर सिन द रेन’ नेपाली काउबोय भर्जन’ सार्वजनिक भएको छ । उहाँ पाँचौं ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड-२०८०’ का लागि मनोनयनमा पर्नु भएको थियो ।
अहिले उहाँ आफ्ना दुई नयाँ मौलिक गीतहरू सार्वजनिक गर्दै हुनुहुन्छ । ‘स्टिल हियर फर यु’ नामक अंग्रेजी गीत र ‘मुटुभित्र तिम्रो माया’ नामक नेपाली गीतमार्फत उहाँ फेरि सुनिने र देखिने हुनुभएको छ । यी दुवै गीतमा उहाँ आफैले अभिनय र गायन गर्नु भएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं