काठमाडौं । गायक शिव परियार र गायिका समीक्षा अधिकारीले बडादशैँको अवसरमा अमेरिकाका करिब एक दर्जन सहरमा सांगीतिक प्रस्तुति दिनुहुने भएको छ । ‘दशैँ-तिहार धमाका युएसए टूर’ अन्तर्गत उहाँहरूले पूर्वदेखि पश्चिमसम्मका विभिन्न अमेरिकी सहरमा प्रस्तुति दिनुहुनेछ । भर्जिनियास्थित थ्री-ई इन्टरटेनमेन्टले आयोजना गर्ने टूर करिब डेढ महिना चल्ने जनाइएको छ ।
टूरबाट संकलित रकममध्ये ५०० डलरसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउने आयोजकले जनाएको छ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।
अक्टोबर ४ मा न्यूयोर्कमा शिव र समीक्षाले प्रस्तुति दिनुभएको छ । यसअघि अक्टोबर २ मा एक्रोन र ३ मा कोलम्बसमा कार्यक्रम सम्पन्न भइसकेको आयोजकले जनाएको छ । समीक्षा अधिकारीका लागि यो पहिलो अमेरिका यात्रा हो ।




चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा
जापानका लागि प्रस्तावित राजदूत थापाबारे
बैंकमा साढे १२ खर्ब तरलता,
जुवातास खेलिरहेको अवस्थामा १६ जना
जलवायु परिवर्तनले नेपालमा पारेको क्षति