काठमाडौं । छायांकनरत नेपाली चलचित्र ‘सिन्दूर’मा अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंह अनुबन्धित हुनुभएको छ । चलचित्रको छायांकन सुरु हुँदा पुष्प खड्का र प्रशंसा रायमाझीको नाम मात्र सार्वजनिक गरिएको थियो ।
निर्देशक लक्ष्मण सुनारका अनुसार निरुताले केही दिनमै छायांकन थाल्नुहुनेछ भने विपिनले बडादशैँपछि छायांकनमा सहभागी हुनुहुनेछ । उहाँहरूको भूमिकाबारे भने निर्माणपक्षले केही खुलाएको छैन ।
कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण भइरहेको चलचित्रको छायांकन दाङमा भइरहेको छ । सुनारको लेखन तथा निर्देशन रहेको चलचित्रमा सञ्जिव सार्कीको लगानी तथा दिनेश सिंह महरा कार्यकारी निर्माता हुनुहुन्छ ।
संकल्प भुजेलको छायांकन रहेको चलचित्रमा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत छ । एक महिनाको सेड्युलमा छायांकन भइरहेको चलचित्रले सामाजिक विषयवस्तुलाई कथाको केन्द्रमा राखेको छ । विशेषगरी महिलाका लागि सिन्दूरको महत्त्वलाई चलचित्रमा प्रस्तुत गरिने निर्देशक सुनारले बताउनुभयो ।







आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं
शहरले खोस्न नसकेको खुशी :