काठमाडौं । नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित पारिवारिक रियालिटी शो ‘लोक दोहोरी च्याम्पियन’ प्रसारणमा आएको छ । रगोन स्टुडियो प्रालिको ब्यानरमा निर्माण भएको कार्यक्रम इमेज टेलिभिजनबाट असोज १७ गतेदेखि प्रसारण सुरु भएको हो । कार्यक्रम हरेक शनिबार र आइतबार राति ९ बजेदेखि १०ः३० बजेसम्म प्रसारण हुँदै आएको छ ।
नेपाली लोकदोहोरीको मौलिक परम्परालाई नयाँ पुस्ताको आवाज र सिर्जनशीलतासँग जोड्ने उद्देश्यले कार्यक्रम निर्माण गरिएको आयोजकले जनाएको छ । देशका विभिन्न भूगोलमा रहेका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै उनीहरूको क्षमता पहिचान र विकासमा कार्यक्रमले जोड दिएको छ ।
माधवराज खरेलको निर्देशन रहेको कार्यक्रमको निर्णायक मण्डलमा पुरुषोत्तम न्यौपाने, रीता थापामगर, पशुपति शर्मा र अमृत खाती हुनुहुन्छ । कार्यक्रमको सञ्चालन दिनेश काफ्ले र इप्सल सञ्ज्यालले गरिरहनुभएको छ । ‘लोक दोहोरी च्याम्पियन’मा स्थापित कलाकार तथा सर्जकबाट नयाँ प्रतिभाले सिक्ने अवसरसँगै प्रतिस्पर्धामार्फत आफ्नो क्षमता प्रस्तुत गर्ने वातावरण तयार गरिएको आयोजकको भनाइ छ ।
आयोजकले ‘लोक दोहोरी च्याम्पियन’लाई रियालिटी शोमा सीमित नराखी नेपाली लोकदोहोरीको मौलिकता, नयाँ प्रतिभा र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने सांगीतिक अभियानका रूपमा अघि बढाइएको जनाएको छ ।







लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना
भारतीय युट्युबर ध्रुव राठी पक्राउ
काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात
मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता