एजेन्सी । कुनै समय बलिउडकी चर्चित अभिनेत्री तथा मोडलका रूपमा स्थापित पूजा बत्रा पछिल्लो समय फिल्मी पर्दाबाट टाढा हुनुहुन्छ । यद्यपि सामाजिक सञ्जालमार्फत उहाँ अझै आफ्ना प्रशंसकसँग जोडिँदै आउनुभएको छ । पूजाले हालै गोवाबाट कालो बिकिनीमा खिचिएका केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ । तस्वीरमा उहाँ कालो बिकिनीसँगै सेतो श्रग लगाएर ग्ल्यामरस अवतारमा देखिनुभएको छ ।
खुला कपाल, स्मोकी आई मेकअप र ब्राउन लिपस्टिकमा सजिनुभएकी पूजाले मल्टी लेयर नेकलेसका साथ आफ्नो लुक पूरा गर्नुभएको छ । गोवाको रमणीय परिवेशमा खिचिएका तस्वीरमा उहाँ विभिन्न शैलीमा पोज दिइनुभएको छ । ४९ वर्षीया पूजाको फिटनेस र आकर्षक लुकले सामाजिक सञ्जालमा चर्चा पाएको छ । तस्वीरमा उहाँले आफ्नो फिट शरीर प्रस्तुत गर्नुभएको छ ।
पूजा सन् १९९३ मा ‘मिस इन्डिया इन्टरनेसनल’को उपाधि जितेपछि मोडलिङ क्षेत्रमा चर्चित बन्नुभएको थियो । त्यसपछि उहाँ भारतीय फेशन तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बन्नुभएको थियो । उहाँले बलिउडका विभिन्न चलचित्रमा समेत अभिनय गर्नुभएको छ ।




जापानका लागि प्रस्तावित राजदूत थापाबारे
बैंकमा साढे १२ खर्ब तरलता,
जुवातास खेलिरहेको अवस्थामा १६ जना
जलवायु परिवर्तनले नेपालमा पारेको क्षति
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना
खाद्य व्यवस्था कम्पनीको सीईओका लागि