काठमाडौं । परिवर्तन नेपालले २०८२ सालका विभिन्न पुरस्कार तथा सम्मान कलाकार, चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई अर्पण गरेको छ । काठमाडौंमा आयोजित समारोहमा नेपाली कला तथा चलचित्र क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो । समारोहमा कलाकार शारदा गिरी र निर्देशक तथा कलाकार विश्वदीप घिमिरेलाई दुर्गादेवी-पुण्य निरौला स्मृति पुरस्कार अर्पण गरियो । पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, चलचित्र क्षेत्रको विकास तथा पेशाकर्मीको उत्थानमा पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै सञ्चारकर्मी कृष्ण भट्टराईलाई चेतन कार्की स्मृति पुरस्कार अर्पण गरिएको छ । अभिनेता आर्यन सिग्देल, आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई परिवर्तनकर्मी विशेष सम्मान अर्पण गरियो । छायाँकार वीरेन्द्रप्रसाद भट्ट र गीत-संगीत पत्रकार सविता पोखरेललाई परिवर्तन पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।
यस्तै, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डिसीलाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै परिवर्तन विशेष सम्मान अर्पण गरिएको थियो । सम्मानित व्यक्तित्वका तर्फबाट देवेन्द्र थुम्केलीले आयोजक संस्थालाई धन्यवाद दिनुभयो । कार्यक्रम चलचित्र निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले सञ्चालन गर्नुभएको थियो । परिवर्तन नेपालका उपाध्यक्ष तथा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले कलाकारलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, अभिनेता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थलगायतका कलाकार, चलचित्रकर्मी तथा साहित्यकारको उपस्थिति थियो ।






उत्पादन, दिगो रोजगारी र जीवनस्तर
विदेशी मुद्रा सञ्चिति ४० खर्ब
बाढीले पुरेको म्याग्दीको तातोपानी कुण्ड
काँग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई
भोटेकोशी बाढी प्रभावित डेरी व्यवसायीलाई
कानून निर्माणमा संसद कमजोर देखियो