काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी महा सोमबार’ सञ्चालन गर्ने भएको छ । बैंकले डिजिटल कारोबार प्रवर्द्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगदरहित बैंकिङ कारोबार प्रोत्साहित गर्न उक्त योजना सञ्चालन गर्ने भएको हो । योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराजमार्फत् अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका डेबिट कार्ड लिएका ग्राहकले दराज नेपालमार्फत् न्यूनतम एक हजार नौ सय ९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम सात सय ५० रुपैयाँ छुट प्राप्त गर्ने बैंकले जनाएको छ । क्रेडिट कार्ड लिएका ग्राहकले न्यूनतम एक हजार नौ सय ९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ छुट प्राप्त गर्ने बताइएको छ ।
बैंकका अनुसार योजना हरेक सोमबारमात्र लागू हुनेछ भने सीमित संख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा छुट उपलब्ध हुने भएकाले ग्राहकहरूले हरेक सोमबार समयमै योजनाको लाभ लिन सक्नेछन् ।
योजनामार्फत् बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत् हुने कारोबारमा थप प्रोत्साहित गर्दै आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तारका साथै ग्राहकलाई दैनिक कारोबारमा थप सुविधा, बचत तथा मूल्य अभिवृद्धि प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ