काठमाडौं । सुबिसु लिमिटेडले सेवाग्राही तथा साझेदारसँगको सम्बन्ध थप सुदृढ गर्दै उनीहरूको आवश्यकता, अनुभव र सुझाव बुझ्ने उद्देश्यले होटल स्टारलाइट, नेपालगञ्ज मा ‘कनेक्ट-२०२६’ अन्तर्गत कर्पोरेट क्लाइन्ट मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यस वर्ष २५ वर्षको यात्रा पूरा गरेको अवसरमा देशभर सेवाग्राही तथा साझेदारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आगामी दिनमा सेवा र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘कनेक्ट-२०२६’-‘कनेक्टसन्स वियोण्ड कनेक्टिभिटी’ अवधारणासहित अघि बढाएको हो । कार्यक्रममा नेपालगञ्जलगायत धनगढी, कोहलपुर, दाङ, सुर्खेत र बर्दियाका कर्पोरेट सेवाग्राही पनि सहभागी भएका थिए ।
कार्यक्रममा सुबिसुका सिनियर भाइस प्रेसिडेन्ट दिपेश मास्केले २५ वर्षको यात्रामा सेवाग्राहीको विश्वास र सहकार्य कम्पनीको महत्त्वपूर्ण आधार रहेको उल्लेख गर्दै बदलिँदो आवश्यकता र प्रविधिअनुसार सेवा सुधार गर्दै सम्बन्ध थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सुबिसुले आफ्नो मुख्य सेवा इन्टरनेट र नेटवर्क कनेक्टिभिटीसँगै अन्य आइटी सेवाहरू पनि सञ्चालनमा ल्याएको जानकारी गराएको थियो ।
त्यस्ता आइटी सेवाहरूअन्तर्गत कर्पोरेटस्तरको इमेल समाधान ‘मेल ३६०’, सुरक्षित इन्टरनेट सेवा ‘सेफनेट’ तथा अन्य क्लाउड सेवाहरूबारे पनि जानकारी गराइएको थियो । साथै, सुबिसुले सेफनेटलाई नेपालकै पहिलो र एकमात्र सुरक्षित इन्टरनेट सेवाका रूपमा प्रस्तुत गरेको थियो ।
साथै स्मल एण्ड मिडियम बिजनेस(एसएमबी) लक्षित गर्दै विभिन्न आइटी सेवाहरू एउटै प्याकेजमा बण्डल गरिदिँदा विभिन्न व्यावसायिक आवश्यकता एउटै माध्यमबाट पूरा गर्न सकिने, एकभन्दा बढी बिक्रेतासँग समन्वय गर्नुपर्ने आवश्यकता घट्ने तथा लागतलाई समेत थप प्रभावकारी बनाउन सकिने हुँदा सुबिसुले त्यस्ता विभिन्न कर्पोरेट प्याकेजहरू क्लाउड ३६०, कनेक्टीफी, हस्पिटालिटी ३६०, एसएमबी ३६०, कनेक्ट ३६० र सोको विशेषताबारे कार्यक्रममा जानकारी गराएको थियो ।







प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य,
हराउन थाले दसैँका परम्परागत पिङ