काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले संस्थागत सामाजिक उत्तरदायित्वद्वारा सञ्चालित महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रमअन्तर्गत तीनदिने सीपमूलक तालिम ललितपुर महानगरपालिका-२७, सुनाकोठीमा सम्पन्न गरेको छ ।
जहाँ छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५ जना महिलाहरूको सक्रिय सहभागिता थियो । कम्पनीका अनुसार तालिम समापन समारोहमा ललितपुर महानगरपालिका-२७ का वडाध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाको उपस्थिति थियो ।
तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हार्पिक तयारीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । तालिमले महिलालाई सीप विकाससँगै आयआर्जन तथा साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो । वर्ल्डलिंककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुपा भण्डारी जालानले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिलालाई सीप प्रदान गर्नु आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्नु हो । सिकेको सीप उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सकेमा मात्र तालिमको वास्तविक प्रभाव देखिन सक्छ ।’







गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको
‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ