काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग ‘पावर्ड बाई’ पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता गरेको छ । उक्त सहकार्य एनपिएलको टेलिभिजन प्रसारणसँग सम्बन्धित साझेदारी हो ।
यस वर्षको टी-२० क्रिकेटअन्तर्गत आयोजना हुने एनपिएल २०८३ आगामी कात्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ । नेपालमा क्रिकेट केवल खेलमा सीमित नरही साझा उत्साह, भावना र राष्ट्रिय एकताको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको छ । देशका विभिन्न भूगोल, समुदाय र पुस्ताका नेपालीहरूलाई एउटै उत्साहमा जोड्ने क्रिकेटको सोही विशेषतासँग नेपाल लाइफले आफ्नो ब्राण्डको भावना जोड्दै हिमालय स्पोर्ट्स एचडीमार्फत्् एनपिएलको प्रसारण यात्रामा सहकार्य गरेको जनाएको छ ।
नेपाल लाइफका लागि उक्त सहकार्य केवल एउटा प्रसारण साझेदारीमात्र नभई खेलप्रतिको प्रेम, नेपालीहरूबीचको आत्मीयता र खेलकुदले सिर्जना गर्ने राष्ट्रिय एकतासँग जोडिने अवसरसमेत भएको बताइएको छ । मैदानमा फरक टिमबीच प्रतिस्पर्धा भइरहँदा टेलिभिजनमार्फत् देशभरका लाखौँ दर्शक एउटै खेल, एउटै उत्साह र एउटै भावनामा जोडिन्छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भन्नुभयो, ‘नेपाल लाइफ सधैँ नेपाली परिवारको जीवन, भविष्य र सुरक्षासँग जोडिँदै आएको छ । खेलकुदले मानिसहरूलाई नजिक ल्याउँछ, साझा खुसी सिर्जना गर्छ र एकताको भावना बलियो बनाउँछ । त्यसैले एनपिएल जस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणमार्फत् देशभरका दर्शकसँग जोडिन पाउनु हाम्रा लागि विशेष महत्त्वको विषय हो । यस सहकार्यलाई नेपाली खेलकुद क्षेत्र प्रवर्द्धन, विकास र उत्थानमा सहयोग पुर्याउने हाम्रो प्रतिबद्धताको एक हिस्साका रूपमा पनि लिएका छौँ । हिमालय स्पोर्ट्स एचडीसँगको सहकार्यले नेपाल लाइफलाई एनपिएल हेर्ने व्यापक दर्शक समुदायसम्म पुग्ने अवसर प्रदान गर्ने र कम्पनीले जीवन बीमामार्फत् आर्थिक सुरक्षा, विश्वास र जिम्मेवार तयारीको महत्त्वसम्बन्धी सन्देश दर्शकमाझ पुर्याउने उद्देश्य राखेको छ ।’






संविधानप्रदत्त अधिकार नपाउँदा कार्यसम्पादन प्रभावितः
एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग
सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल
बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय
बहसमा बेनी बजार : सदरमुकाम
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता,