काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा ७५३ मध्ये कम्तीमा १०० स्थानीय तहको प्रमुख वा अध्यक्षमा महिलालाई उम्मेदवार बनाउने संकल्प गर्नुभएको छ ।
सोमबार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो संकल्प सार्वजनिक गर्नुभएको हो ।
उहाँले उक्त लक्ष्य पूरा गर्न पार्टी केन्द्रीय कार्यालयमा ‘इलेक्सन ब्यूरो’ गठन गर्ने बताउनुभयो । सो ब्यूरोले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट तथा निर्वाचनसम्बन्धी आवश्यक काम गर्ने उहाँको भनाइ छ ।
सभापति थापाले महाधिवेशन सकिएलगत्तै ‘लिडरसिप एकेडेमी’ सञ्चालन गर्ने जानकारी पनि दिनुभयो । आगामी निर्वाचनमा लिडरसिप एकेडेमीको पाठ्यक्रम पूरा गरेका व्यक्तिलाई मात्रै उम्मेदवार बनाउने नीति लिइने उहाँले बताउनुभयो ।
उहाँले कांग्रेसका कार्यालयलाई टिकट बाँडफाँड गर्ने केन्द्रका रूपमा नभई ज्ञान निर्माण र नागरिकका विषयमा छलफल गर्ने थलोका रूपमा विकास गर्ने प्रस्तावसमेत अघि सार्नुभएको छ ।
“कांग्रेसको कार्यालय अब टिकट बाँड्ने, टिकट लिने कार्यालय होइन । कांग्रेसका कार्यालय अब ज्ञान निर्माण गर्ने थलो हुनुपर्छ, नागरिकका विषयमाथि छलफल गर्ने केन्द्र बन्नुपर्छ,” उहाँले भन्नुभयो ।
सभापति थापाले पार्टीको संरचनामा समेत परिवर्तन गर्ने बताउँदै केन्द्रीय कार्यालयअन्तर्गत इलेक्सन ब्यूरो रहने उल्लेख गर्नुभयो । सोही ब्यूरोमार्फत स्थानीय तहमा महिला नेतृत्व सुनिश्चित गर्ने लक्ष्य पूरा गरिने उहाँको भनाइ छ ।
उहाँले पार्टीको आगामी चार वर्षको कार्यनीति र पार्टी संरचनासहितको राजनीतिक प्रतिवेदन महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गर्नुभएको छ ।






संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर