काठमाडौं । एमए डब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले नेपालमा विगत लामो समयदेखि फोटोन ब्राण्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आएको छ । बिक्रीपछिको सेवा थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले नेपालमा अहिले इभी कमर्सियल क्षेत्रमा सबैभन्दा ठूलो व्यवस्थित र अत्याधुनिक सुविधासहितको सर्भिस सेन्टर स्थापना गर्न लागेको छ ।
जसबाट ग्राहकलाई सहज, प्रभावकारी र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार काठमाडौंको पेप्सीकोला क्षेत्रमा नेपालकै ठूलो उक्त सर्भिस सेन्टर आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमतासहित निर्माण भइरहेको छ ।
सर्भिस सेन्टरमा फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिमप्राप्त दक्ष प्राविधिक तथा इञ्जिनियरहरूको टोली रहनेछन् । सर्भिस विस्तारसँगै फोटोन ब्राण्डले ग्राहकलाई भरपर्दो बिक्रीपछिको सेवा र जेन्युइन पार्ट्स उपलब्धताका साथै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिलकुमार बरालले भन्नुभयो, ‘बिक्रीपछिको गुणस्तरीय सेवा हाम्रो पहिलो प्राथमिकता हो ।
सवारीसाधन बिक्रीमात्र हाम्रो जिम्मेवारी होइन । हरेक फोटोनका ग्राहकले आफ्नो सवारी साधनका लागि गुणस्तरीय सेवा, जेन्युइन पार्ट्स र व्यावसायिक प्राविधिक सहयोग प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।’ फोटोनका हाल नेपालभर २१ सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट रहेका छन् ।






भेट्रान्स फुटबलको विजेतालाई १३ लाख
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका
भारतविरुद्ध वेष्ट इण्डिजको ऐतिहासिक रनचेज
एसियाडमा १३५ खेलाडी जाँदा जम्मा
फिफा विश्वकप छनोटमा एन्फाकै मिलेमतो
रग्बी विकास र खेल पर्यटन