नेपालको परराष्ट्र नीति समसामिप्यता र परस्पर सम्बन्धको सिद्धान्तमा आधारित छ । नेपालको परराष्ट्र नीतिको मूल उद्देश्य राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा गर्दै सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र पारस्परिक सम्बन्ध स्थापित गर्दै विश्वशान्तिमा योगदान पुर्याउने उद्देश्यका साथ बृहत् रूपमा समेटिएको छ । तर, वैश्विक रूपमा आएका नवप्रभावहरूको परिवर्तनका कारण नेपालको परराष्ट्र नीतिमा चुनौतीहरू थपिँदै गएका छन् । परराष्ट्र नीतिको सिद्धान्त र हाम्रो व्यवहारिकताबीच असाधारण परिवर्तनसमेत हामीले महसुस गर्न सक्दछौं ।
वास्तवमा प्रयोगशालाको भुमरीभित्र हामी सधैं अरूको प्रयोगका साधनमात्र भइरह्यौ । दिल्ली, बेजिङ, ब्रसेल्स, अमेरिकाका कठपुतली भयौ । प्रजातन्त्रवादी र वामपन्थी दलका नाममा सत्तामा पुग्न भर्याङ बनाउने नाममा कहिले दिल्लीको शरणमा पुग्यौं त कहिले बेजिङको त कहिले ब्रसेल्सको त कहिले न्यूयोर्क को । हामीले शक्ति र सत्तामा पुग्नु नै महान् क्रान्ति ठान्यौ तर त्यो अवान्छित महत्त्वाकांक्षाले देशलाई कहाँ पुर्याउँछ भन्ने कहिल्यै सोच्ने प्रयत्न गरेनौ ।
दुईवटा महान् विकासशील र शक्तिशाली राष्ट्रहरूको बीचमा अवस्थित अविकसित र विकासोन्मुख नेपालको भू–चरित्र, सामरिक महत्त्वको मध्यकेन्द्र हुँदैगएको देखिन्छ । कतिपयले दुईवटा विशाल साम्राज्य शक्तिको बीचमा उभिएको नेपालको अस्तित्वलाई काउन्टर एण्ड चेक ब्यालेन्सको मुख्य क्रीडास्थलको रूपमा परिभाषा गर्न थालेका छन् ।
कतिपयले भारत र चीनलाई पश्चिमेली शक्तिको अगुवाइमा माइक्रो म्यानेजमेन्ट गर्ने ट्रान्जिट सेन्टरको रूपमा विकास गर्न खोजेको चर्चा हुने गर्दछ । भौगोलिक सामरिक र भूराजनीतिको दृष्टिकोणले होइन भन्ने यथेष्ट प्रमाण हामीले पुष्टि गर्नसक्ने अवस्था छैन । विश्वमा भइरहेका शक्तिका टकरावले असुन्तुलित शक्तिको टसलमा नेपाल फसेको अनुभूति गर्न सकिन्छ । २०८२ साल भाद्र २३ गतेपश्चात् नेपालको राजनीतिमा पोलिटिकल कोर्स नै परिवर्तन भएको छ । यो कसरी भयो भन्नेका पछाडि जेन–जी आन्दोलन र आन्तरिक समस्याहरूका फेरिस्ताहरू एक प्रकारका होलान् तर त्यसको परिणामको स्वरूप के हो वा को हो भन्ने विषय भने गम्भीर विषय मन्थनको विषय बनेको छ ।
हुन त नेपालका हरेक आन्दोलनमा कुनै न कुनै प्रकारले अन्तर्राष्ट्रिय नष्ल जोडिएकै छ । भाद्र २३ र २४ मा जोडिएन भन्नु काल्पनिक कथनमात्र हुन जान्छ यसै पनि २४ घण्टा बित्न नपाउँदै बारबारा फाउण्डेशन, तिब्बतीयन ओरिजिनल ब्लड समूह र डिप स्टेटका चर्चा नचलेका पनि होइनन् । अर्को अनौठो कुरा दलाई लामाको अभिव्यक्तिले पनि सनसनी उत्पन्न गरेको थियो । यावत कुरामा सत्यता वा असत्यको ओजन कति गरुंगो होला त्यो बेग्लै विषय हो तर डिप स्टेटको भूमिका चाहिँ रहेन भन्न सकिँदैन ।
संसारभर डिप स्टेटका प्रभावहरू व्यापक विस्तार हुँदै गएको देखिन्छ । कैयौं देशहरूमा कुनै न कुनै बहानामा आन्दोलन र विद्रोह मच्चाएर सत्ता ढाल्ने र उनीहरूको अनुकूलित सरकार निर्माण गर्ने साइलेन्ट गेम प्लान लामो समय बाट चल्दै आएको देखिन्छ । नेपाल पनि पछिल्लो समय डिप स्टेटको शिकार बन्न गयो । तर, के कारणले नेपालजस्तो सानो मुलुकका पछाडि डिप स्टेटहरू सक्रिय भए यसको रणनीतिक उद्देश्य खोतल्न जरुरी हुन्छ । नेपालको भौगोलिक अवस्था दुई महत्त्वपूर्ण सामारिक देशको बीचमा अवस्थित हुनु नै यसको अनेक कारणमध्ये एक कारण हो । नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको गठबन्धनात्मक सरकारले पश्चिमेली एजेण्डा अस्वीकार गर्नु पनि पछिल्लो राजनीतिक घटना परिवर्तन हुनुको अर्को कारण थियो । चीनमा आयोजना गरिएको सांघाई कोअपरेसन फोरममा नेपालले ग्लोबल सेक्युरिटी इनिसिएटिभको सदस्यता लिएको कुरा चिनियाँ कूटनीतिक पक्षले जिकिर गर्नुले पनि पश्चिमेली देश तत्कालीन सरकारसँग आक्रोशित भएको देखिन्छ ।
आर्थिक वित्तीय तथा सामाजिक विषयअन्तर्गत नेपालको अर्थतन्त्रको मानक नै पश्चिमेली सदा सहायताको उपज हो । गत भाद्र १० गते रसुवा जिल्लामा आएको महाविपत्तिले निम्त्याएको अप्रत्याशित हानिमा पनि पश्चिमाहरूले सहयोगका हातहरू अगाडि बढाए । यसो भनिरहँदा भारत र चीनले पनि सहयोग नगरेका होइनन् । तर, शक्ति संघर्षको खेलमा शक्ति राष्ट्रहरूले आफ्नो शक्ति द्ववम विश्वका लागि कमजोर साबित नहोस् भनेर शक्ति प्रदर्शन गर्ने गर्दछन् त्यही शक्तिको प्रदर्शनको बल मिचाइमा नेपाल पटक–पटक पर्न गएको छ । अमेरिकालगायत पश्चिमेली डिप स्टेट शक्तिले अघि बढाएको स्टेट पार्टनरशिप परियोजनामा, नेपालको ठाडो हस्तक्षेप पश्चिमाहरूलाई चित्त बुझिरहेको थिएन । तत्कालीन अवस्थामा छिमेकी मुलुक चीनमा प्रधानमन्त्रीले ग्लोबल सेक्युरिटी इनिसिएटिभमा हस्ताक्षर गरेर आउँदा पश्चिमेलीहरूको पारो तात्नु स्वभाविक नै थियो होला । तर, हाम्रा लागि उक्त कदम अभिशाप र दुर्भाग्य बन्न गयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि सांगीतिक हमला त्यसैको उपज हो भन्न सकिन्छ भने प्रधानमन्त्री ओलीको तक्तापलट त्यसै घटनाको उपज थियो । आन्तरिक रूपमा समस्या नभइकन बाह्य आक्रमण गर्न मिल्दैन र सकिँदैन पनि । अर्को कुरा उनीहरूका मतियारहरू यहाँ स्थापित नभइकन पनि युद्ध मच्चाउन सकिँदैन । दुवैको फ्युजन र उद्देश्य मिल्न गएपछि अकल्पनीय उत्पात मच्चिनु कुनै आश्चर्यको विषय रहेन । दश वर्षीय सशत्रद्वन्द्वको बखत दिल्लीमा बसेर नेपालका ग्रामीण क्षेत्रहरूमा उत्पात मच्चाउनेहरू पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय फ्युजनका रसायन नै थिए । वास्तवमा आजको घट्टाक्रम कुनै नौलो होइन यो त बारम्बार दोहोरिएको प्रवृत्तिमध्ये हिसाबमा अर्को एक थपिएको घटनाक्रम मात्र थियो । वास्तवमा प्रयोगशालाको भुमरी भित्र हामी सधैँ अरुको प्रयोगका साधनमात्र भइरह्यौ ।
दिल्ली, बेजिङ, ब्रसेल्स र अमेरिकाका कठपुतली भयौ । प्रजातन्त्रवादी र वामपन्थी दलका नाममा सत्तामा पुग्न भर्याङ बनाउने नाममा कहिले दिल्लीको शरणमा पुग्यौं त कहिले बेजिङको त कहिले ब्रसेल्सको त कहिले न्यूयोर्क को । हामीले शक्ति र सत्तामा पुग्नु नै महान् क्रान्ति ठान्यौ तर त्यो अवान्छित महत्त्वाकांक्षाले देशलाई कहाँ पुर्याउँछ भन्ने कहिल्यै सोच्ने प्रयत्न गरेनौ । असंलग्नताको परराष्ट्र नीति हुँदाहुँदै अन्तर्राष्ट्रिय मञ्चमा पक्ष र विपक्ष रूपमा सहभागी हुनु कसरी सन्तुलित परराष्ट्र नीति हुनसक्छ । तिनै कमी कमजोरीहरूले नेपालमाथि सांघेतिक हमला हुनगए । अफगानिस्तान, श्रीलंका र बंगलादेशको वास्तविक यथार्थ बुझ्दाबुझ्दै कुन सामर्थ्य र उक्साहटमा हामीले बहुलठ्ठी पन कार्य गर्यौ के समीक्षा गरेका छौं बिल्कुलै छैनौ ।
संस्कृतमा एउटा श्लोक छ, ‘अहंकारः विनाशस्य मूलम्’ अर्थात् अहंकार नै विनाशको मूल कारण हो, त्यही दुईतिहाइको अहंकारले गतवर्ष भाद्र २३ जन्मिन पुग्यो । आज पनि सत्तामा त्यो अंकगणितको अहंकार केही मान्छेहरूले प्रदर्शन गर्ने गर्छन् तर अंकगणित ठूलो कुरा होइन । ठूलो कुरा हो त छिमेकी राष्ट्र र वैश्विक राष्ट्रसँगको शक्ति सन्तुलन । शक्ति सन्तुलन हाम्रा परराष्ट्र नीति अनुसार हामी पालना गर्यौ भनेमात्र मित्र राष्ट्रहरूसँग शक्ति सन्तुलन कायम हुनसक्छ ।
भारत र चीनजस्ता छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध स्थापित गर्दै अन्तर्राष्ट्रिय मित्रराष्ट्रहरूसँग छिमेक बमोजिमको सम्बन्ध राख्नु अति आवश्यक छ । यसो गरियो भनेमात्र राष्ट्रिय एकतामा वृद्धि विकास हुन्छ र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको अन्तरसघर्षमा हाम्रो उपस्थिति बिल्कुलै आवश्यकता छैन हाम्रो आवश्यकता भनेको विश्व शान्ति हो । हामी कसैका पक्षधर पनि होइनौं र हामी कसैका विपक्ष होइनौ हामी सधैं मध्यस्थता र तटस्थताको भूमिकामा रहनसक्नु नै शक्ति सन्तुलनको आयाम हो ।
विडम्बना हाम्रो मनस्थिति बदलिएको छैन । हरेक घटनाको छड्के किनारा हुँदाहुँदै हामीबीच अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र प्रतिशोधात्मक राजनीतिक परिपाटी जीवितै छ । स्थायित्व र स्थिरतातर्फ जाने सम्भावना न्यून हुँदै गइरहेको छ । एकथरी राजनीतिकर्मीहरू भारत–चीनको सहारा खोजिरहेका छन् भने अर्कोथरी पश्चिमेली शक्तिहरूको आडमा सत्ताको भरपुर उपभोग गर्न चाहन्छन् । तर, यो अर्को दुर्घटना निम्त्याउने पराकाष्ट हो, यो बिल्कुल गर्नु हुँदैन । आन्तरिक समस्यालाई आन्तरिक रूपमै सहकार्यद्वारा निर्मूल पार्न सक्नुपर्दछ भने अन्तर्राष्ट्रिय जगतसँग कूटनीतिक सम्बन्धमा स्पष्ट हुनुपर्दछ ।
एउटा कुरा सत्य के हो भने हामी एमसिसी र बिआरआइमा सामेल नभएको भए स्टेट पार्टनरसिप परियोजना र ग्लोबल सेक्युरिटी इनिसिएटिभको प्रस्ताव आउने नै थिएन । शान्ति सेनाका नाममा इन्डो प्यासिफिक स्ट्राटेजीमा सहभागी नभएको भए कैयौं हुनसक्ने घटना आफैं निस्तेज भएर जाने थिए । विनाशकाले विपरीत बुद्धि भनेजस्तै हामीले विनाशको बाटो रोज्यौ त्यसैले विनाश हुन पुग्यो । अब आत्मसमीक्षा गर्न जरुरी छ ।
वर्तमान प्रधानमन्त्रीलाई संयुक्त राज्य अमेरिकाको महासभामा जाने अवसर जुट्यो । यो सभालाई सम्माननीय प्रधानमन्त्रीले भरपुर उपयोग गर्न सक्नुभयो कि भएन आउँदा दिनहरूले प्रष्ट पार्ने नै छ । नेपाल ब्रिक्सको सदस्यता नभए पनि भारतमा हुने ब्रिक्स सम्मेलनमा नेपालले अतिथि वा पर्यवेक्षकको रूपमा आमन्त्रित भएकाखण्डमा नेपालले आफ्नो सहभागिता जनाउनुपर्दछ । हालै रसुवा-नुवाकोट जिल्लामा आएको विपत् र अन्य आर्थिक र वित्तीय सरोकारहरूसँग मित्र राष्ट्रहरूसँग समन्वयात्मक सहकार्यको भूमिका अपेक्षा गर्नुपर्दछ । यसले हाम्रो सामूहिकता, सहकार्य र कूटनीतिक सम्बन्धमा टेवा पुर्याउन सक्दछ ।
नेपालमा आर्थिक लगानी भित्र्याउन सबै राष्ट्रहरूसँग समन्वयनकारी भूमिका निर्वाह गर्नुपर्दछ । पर्यटनप्रतिको त्रासलाई आशामा बदल्न नेपालले विश्वमञ्चलाई आश्वस्त पार्नुपर्दछ । तर, विडम्बना हाम्रो मनस्थिति बदलिएको छैन । हरेक घटनाको छड्के किनारा हुँदाहुँदै पनि हामीबीच अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र प्रतिशोधात्मक राजनीतिक परिपाटी जीवितै छ । स्थायित्व र स्थिरतातर्फ जाने सम्भावना न्यून हुँदै गइरहेको छ । एकथरी राजनीतिकर्मीहरू भारत-चीनको सहारा खोजिरहेका छन् भने अर्कोथरी पश्चिमेली शक्तिहरूको आडमा सत्ताको भरपुर उपभोग गर्न चाहन्छन् । तर, यो अर्को दुर्घटना निम्त्याउने पराकाष्ट हो, यो बिल्कुल गर्नु हुँदैन ।
आन्तरिक समस्याहरूलाई आन्तरिक रूपमै सहकार्यद्वारा निर्मूल पार्न सक्नुपर्दछ भने अन्तर्राष्ट्रिय जगतसँग कूटनीतिक सम्बन्धमा स्पष्ट हुनुपर्दछ । विदेशी गुहारेर सत्ता उल्टाउने र पल्टाउने फोहोरी खेल कदापि गर्नु हुँदैन यसले देशलाई कमजोर बनाउँछ । वास्तवमा विश्वमा भइरहेका असन्तुलित शक्तिहरूको प्रतिस्पर्धाको टसलमा हाम्रो मुर्ख्याई बुद्धिको पक्षधर्ता नै हाम्रो विनाशको मूल कारण हो भनेर बुझ्यौ भने भविष्यमा कुनै दुर्घटना भोग्नुपर्ने छैन ।







भारतीय युट्युबर ध्रुव राठी पक्राउ
काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात
मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न