विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।
जहदा गाउँपालिका-१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरी लुकाएर राखिएको अवस्थामा सोमबार राति उक्त परिमाणको गाँजा बेवारिसे अवस्थामा फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद गरेको थियो ।
बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।
गाँजा कसले र कुन उद्देश्यले धानबारीमा लुकाएर राखेको हो भन्ने विषयमा भने अहिलेसम्म यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषधको ओसारपसार तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप प्रभावकारी बनाउदै गएको छ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ