काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले मंगलबार काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुभएको हो।
आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला डा. शर्माले महामन्त्री पदमा उम्मेदवारी दिनुभएको हो।
उम्मेदवारी घोषणा गर्दै उहाँले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व विकास र संस्थागत सुदृढीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाउनुभएको छ।
कांग्रेसलाई थप गतिशील, सशक्त र समयअनुकूल बनाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले पार्टीभित्र परिवर्तनको आवश्यकता औँल्याउनुभएको छ।
डा. शर्माको उम्मेदवारीलाई कांग्रेसभित्र नेतृत्व परिवर्तन र युवा पुस्ताको सहभागितासँग जोडेर हेरिएको छ।






अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी