काठमाडौं । नेकपा एमालेले २१ फागुनको निर्वाचनमा बेहोरेको हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष निकालेको छ।
पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानि) मा निर्वाचनको परिणामलाई समग्र परिस्थितिको विश्लेषणका आधारमा बुझ्नुपर्ने उल्लेख गरिएको छ।
अपानिमा निर्वाचनमा पार्टीले बेहोरेको हार बाह्य प्रहारको परिणाम मात्र नभई आन्तरिक कमजोरीको उपजसमेत भएको स्वीकार गरिएको छ।
‘हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको परिणाम पनि हो। तर हार अध्यक्षको व्यक्तिगत असफलता होइन,’ अपानिमा भनिएको छ।
निर्वाचनको परिणामलाई पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र संगठनात्मक कमजोरीको संयुक्त परिणामका रूपमा व्याख्या गरिएको छ।
अपानिमा अध्यक्ष ओलीले आफ्नो भागमा पर्ने हारको जिम्मेवारी स्वीकार गर्नुभएको छ। तर उहाँले अहिले नेतृत्वबाट पछि हट्ने समय नभएको भन्दै अध्यक्ष पद नछोड्ने संकेत गर्नुभएको छ।
‘अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छु। तर म यो पनि भन्छु– यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय पनि होइन,’ ओलीको भनाइ अपानिमा समेटिएको छ।
विश्व राजनीति तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ। शक्तिराष्ट्रहरूमा बढ्दै गएको उग्र राष्ट्रवाद, संरक्षणवाद र एकपक्षीयताले संयुक्त राष्ट्रसंघको भूमिकालाई कमजोर बनाउँदै लगेको छ। अन्तर्राष्ट्रिय सहयोग र पारस्परिक सम्मानका सिद्धान्तहरू क्षय हुँदै गएका छन् भने शक्तिराष्ट्रहरूबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत हुने जोखिम बढेको छ।
साना तथा कमजोर राष्ट्रहरूको सार्वभौमिकतामाथि आक्रमण, धम्की र हस्तक्षेपका घटनासमेत बढ्दै गएका छन्। विश्वव्यापी रूपमा बढ्दो द्वन्द्व र तनावसँगै अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा व्यापक परिवर्तन देखिन थालेको छ।
कुनै समय अजेय मानिएको सैन्य शक्ति, प्रविधि तथा अन्वेषणमा अग्रता र आर्थिक आधिपत्यमाथि समेत प्रश्न उठ्न थालेका छन्। चीन, भारत र ब्राजिलजस्ता उदीयमान अर्थतन्त्रहरूले पश्चिमी मुलुकहरूको आर्थिक प्रभुत्वलाई चुनौती दिँदै वैकल्पिक शक्ति केन्द्रका रूपमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्।
२६ पृष्ठ लामो अपानिमा अध्यक्ष ओलीका मन्तव्यसँगै केन्द्रीय कमिटी बैठकबाट भएका मनोनयनलगायत विभिन्न निर्णयसमेत समावेश गरिएका छन्।






चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना