काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय थप गरेको छ।
केन्द्रीय निर्वाचन समितिले मनोनयनपत्र दर्ताको समय आज साँझ ६ बजेसम्मका लागि थप गरेको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आज दिउँसो ४ बजेसम्मको समय तोकिएको थियो। तर, उक्त समयलाई बढाएर साँझ ६ बजेसम्म पुर्याइएको उहाँले जानकारी दिनुभयो।
समय थप भएसँगै केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिन चाहने नेताहरूले साँझ ६ बजेसम्म मनोनयनपत्र दर्ता गराउन सक्नेछन्।
हेर्नुहोस् निर्वाचन समितिको सूचना :








पर्यटन प्रभावित हुँदा हेलिकप्टर व्यवसाय
अवस्था नसुध्रिए मर्जरमा जानुपर्ने हुनसक्छ
संकटको सारथि नै संकटोन्मुख अवस्थामा
‘आमाको माया’ बालकथा संग्रह लोकार्पण
प्रकृतिको अर्को प्रहार
बडादशैं र नेपाली अर्थतन्त्रको परम्परागत