काठमाडौं । मंगलबार दिउँसो काठमाडौं उपत्यकामा एक्कासी असिनासहित भारी वर्षा हुँदा केही समयका लागि जनजीवन प्रभावित भएको छ ।
केही समयसम्म निरन्तर परेको भारी वर्षाका कारण उपत्यकाका मुख्य सडक तथा तल्लो भेगमा पानी जमेर जलमग्न अवस्था सिर्जना भएको हो । एक्कासी भएको भीषण वर्षाले काठमाडौंका विभिन्न सडकखण्डमा पानीको बहाव बढ्दा सवारीसाधनको आवागमनमा कठिनाइ भएको छ ।
वर्षाका कारण पैदल यात्रुले समेत सास्ती व्यहोर्नुपरेको छ । केही स्थानमा ढल निकास प्रभावकारी नहुँदा सडकमा पानी जमेको देखिएको छ ।
सडकमा पानीको सतह बढेका स्थानमा ट्राफिक प्रहरीले उच्च सतर्कता अपनाउन तथा सवारीसाधनको गति नियन्त्रणमा राख्न चालकहरूलाई आग्रह गरेको छ ।







परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल
सुर्खेतका जंगलबाट एकै दिन १८
सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,