काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) मा बुद्धि अकेला बढुवा हुनुभएको छ ।
अकेला यसअघि बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँसँग बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव रहेको बैंकले जनाएको छ ।
अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गर्नुभएको थियो । सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध उहाँले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका विभागमा जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
उहाँ हाल बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) का रूपमा कार्यरत हुनुहुन्थ्यो । साथै, बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको छ ।
अकेलाले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गर्नुभएको छ ।
बैंकले अकेलाको लामो बैंकिङ अनुभव, जोखिम व्यवस्थापन तथा कार्यसञ्चालन दक्षताबाट आगामी दिनमा बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ । बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका सम्मानसमेत प्राप्त गरेको जनाएको छ ।
बैंकका अनुसार ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालय गरी एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन् ।







वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण
कांग्रेस महाधिवेशन : बन्द सत्रमा
जनकपुरधाममा विजयादशमीको रौनक, शक्तिपीठहरूमा भव्य